धनकुटाका निर्दोष रुद्रबहादुर १० वर्षदेखि खोरमा

धनकुटाका निर्दोष रुद्रबहादुर १० वर्षदेखि खोरमा

केन्द्रबिन्दु
0
Shares

खगेन्द्रप्रसाद घिमिरे 

धनकुटा, २९ असार । हेर्दा कलिलो देखिने पशु पशुझै अबोध, भोक, तिर्खा बाह्य संसारको अनुभूति गर्न नपाएका १८ वर्षीय रुद्रबहादुर राई विगत १० वर्षदेखि खोरमा जीवन जिउन बाध्य भएका छन् । 
धनकुटा नगरपालिका–३ सिप्तेनमा गरिब परिवारमा जन्मिएका रुद्र बाँस र टिनले बारिएको चौघेरामा दैनिकी बिताइरहेका छन् । बिहान सबेरै खोलेफाँडो खुवाएर अरूको मेलापात धाउने बाबुआमा रुद्रबहादुरलाई खोरमा थुनेर साँझ अबेर मात्र घरमा आउने गरेको बताउँछन् । 

जन्मजात अपाङ्गता भएका रुद्र नत बोल्न सक्छन्, नत हिँड्न नै सक्छन्, उनी बाँसको चौघेरामा जीवन बिताउन बाध्य रहेका छन् । आमा गंगामाया र बाबु मानबहादुर राईका दुई मध्येका कान्छा सन्तान रुद्र चार पाउले बामे सर्न भने सक्छन् । दिनभर दिसापिसाब ओछ्यानमा नै गर्ने रुद्र अपाङ्गतासँगै सुस्तसमेत रहेको आमा गंगामायाले बताउनुहुन्छ । 

आर्थिक स्थिति अति कमजोर रहेको राई परिवारमा जेठो सन्तानका रुपमा रहेकी २४ वर्षीया रामदेवी राई वैदेशिक रोजगारीमा गएर आमाबाबु र भाइको मुहार फेर्न भन्दै साहुसँग ऋण खोजेर एक महिनाअगाडि काठमाडौँतिर गएकी बाबु मानबहादुरले बताउनुभयो । सम्पत्तिका नाममा रहेको एक घरसमेत भूकम्पले क्षति गरेको र तीन रोपनी पाखो बारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि छोरा रुद्रलाई खोरमा थुनेर अर्काको घरदैलोमा काम खोज्न बिहान सबेरै घरबाट बाहिरिन बाध्यता रहेको आमा गंगामाया बताउनुहुन्छ । 

सरकारले छोरा रुद्रबहादुरको अपाङ्गता भत्ताबापत दिने मासिक दुई हजारले नूनतेल जुटाउने गरेका मानबहादुर छाकटार्न छोरालाई खोरमा थुनेर सधैं दुबैजना बनिबुतोमा लाग्नु बाध्यता रहेको बताउनुहुन्छ । भगवान्ले सन्तानमार्फत ठगेपछि गरिबसमेत बन्नु परेको आमा गंगामायाले दुखेसो पोख्नुभयो । घरधन्दा र किसानी मेलापातबाहेक कुनै सीप नभएका दम्पती दैनिक काम पाउन नसके भोकभोकै बस्नुपर्ने अवस्था रहेको बताउँछन् । 

घरमा हेरचाह गर्ने मानिसको अभावमा खोरमा थुनिएका रुद्रबहादुर हाउभाउ र इसारा मात्र गर्ने गरेपनि केही वर्षअघि घरमा पालिएको सुँगुरले दायाँ कान खाइदिएपछि सुस्त भएका बाबु मानबहादुरले बताउनुभयो । 

आप्mनो सन्तान दिनभर भोकैतिर्खै छोडेर काम गर्दा याद आएपनि मुटु मिचेर साँझपख घर पुग्नु दम्पतीको बाध्यता भएको आमा गंगामायाले भक्कानिँदै भन्नुभयो । आफूले जन्माएको सन्तान हो, बाँचेसम्म दुःखसुख गरेर भ्याएसम्म स्याहार गरेका छौँ, उसैको पालनका लागि आएको भत्ताले पनि केही मिठो खानेकुरासमेत दिन नसक्नुले आफँैलाई धिक्कार्दै बस्नुपरेको मानबहादुरले दुखेसो पोख्नुभयो ।  रासस ।

Logo