आमा यौनसम्पर्कमा मस्त, छोरीमाथि लाग्यो आरोप

आमा यौनसम्पर्कमा मस्त, छोरीमाथि लाग्यो आरोप

केन्द्रबिन्दु
0
Shares

 चार छोराछोरीकी आमा बनिसकेकी एकजना ४९ वर्षीया महिलाले यौनसम्पर्क राख्ने क्रममा ठूलो स्वर निकाल्ने गरेको स्विकारेकी छिन् । यसअघि यही आरोप उनकी छोरीमाथि लागेको थियो । घटना अमेरिकाको न्युयोर्कको हो ।

४९ वर्षीया ओल्गा भलेरियोले आफ्ना २६ वर्षीय ब्वायफ्रेन्ड परेजसँग यौनसम्पर्क गर्दा ठूलो स्वर निकाल्ने गरेकी थिइन् । उनी बेडरुमको झ्याल खुलै राखेर सेक्स गर्थिन् । जसका कारण छिमेकीहरुले डिस्टर्ब भएको भन्दै प्रहरीमा ६ वटा उजूरी दर्ता गराए ।

यति नै बेला ओल्गाकी छोरी डाइहाना गर्भवती थिइन् । स्थानीयले ३१ वर्षकी डाइहाना र २६ वर्षका परेजको नाममा उजूरी लेखाएका थिए । उनका फोटो समेत पत्रपत्रिकामा छापिए । आफ्नो ब्वायफ्रेन्डसँग झगडा परेका कारण उनी छोटो समयका लागि आमाको अपार्टमेन्टमा आएकी थिइन् । 

यस घटनापछि डाइहानाको चरित्रमाथि प्रश्नचिन्ह खडा भयो । एकजना मानिसले त उनलाई सेक्सका लागि ४० हजार अमेरिकी डलरसम्मको प्रस्ताव राखे । छोरीले यस्तो अवस्था भोग्नु परेपछि ओल्गाले आफैं मुख खोलिन् ।

उनले पेरेज आफ्नो छोरीको नभएर आफ्नै ब्वायफ्रेन्ड रहेको खुलासा गरिन् । उनले सुरुमा न्युयोर्क पोस्टलाई अन्तरवार्ता दिने क्रममा त्यसरी आवाज निकाल्ने व्यक्ति छोरी नभएर आफु भएको खुलासा गरेकी छिन् ।

यसअघि आमाले गरेको गल्तीका कारण सजाय भोगिरहेकी डाइआनाले आमाले सही कुरा खोलेकोमा खुसी व्यक्त गरेकी छिन् । यता ओल्गाले पनि यौन सम्पर्क गर्ने समयमा झ्याल बन्द गर्न थालेकी छिन् । (एजेन्सी)

Logo