अमरनाथ यात्राको हिन्दू– मुसलमान सम्बन्ध

अमरनाथ यात्राको हिन्दू– मुसलमान सम्बन्ध

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २८ असार ।

भारत प्रशासित कश्मीरमा अमरनाथ यात्राका लागि आउने भक्तजन र स्थानीय मुसलमान समुदायबीच लामो समयदेखि प्रेम र स्नेहपूर्ण भावनात्मक सम्बन्ध रहँदै आएको छ। स्थानीय मुसलमान र यात्रीहरुलाई सधैं एकअर्काको खाँचो महसुस भएको इतिहास छ।

सोमबार एक चरमपन्थी हमलाका कारण अमरनाथ यात्रामा निस्किएका ७ तिर्थयात्रीको मृत्यु भयो भने अन्य थुप्रै घाइते छन्। श्रीनगरदेखि झन्डै १ सय ५० किलोमिटर पर रहेको अमरनाथ गुफामा दर्शनका लागि हरेक वर्ष लाखौं यात्रु पुग्ने गरेका छन्।

गुलाम हसन मलिक अहिले ६० वर्षका भए। उनका पुर्खाले नै अमरनाथ गुफा पत्ता लगाएका थिए। यस गुफाको खोज झन्डै ५ सय वर्ष पहिले बुटे मलिकले गरेका थिए। हसन मलिक १९७० मा एकपटक अमरनाथ यात्रामा निस्किएका छन्।

हसन भन्छन्,‘हामी आज पनि अमरनाथ गुफा जाने यात्रुको सेवा गर्न चाहन्छौं। जसरी पहिले गर्दै आएका थियौं।’

भारत प्रशासित कश्मीकारे पहलगामस्थित बटकोटका स्थानीय गुलासम मलिक भन्छन्,‘एउटा जमाना यस्तो पनि थियो जतिबेला अमरनाथ गुफा जानेहरु हाम्रै गाउँ भएर हिंड्दै जान्थे। त्यतिबेला हामी उनीहरुलाई कहवा पिलाउँथ्यौं। गाउँका सबै महिला, बुढा र बच्चाहरु यात्रीलाई हेर्न बाहिर निस्कन्थे। हामी उनीहरुलाई कश्मीरी गाना सुनाउँथ्यौं।’
उनले भने, ‘हामी यात्रुहरुलाई धेरै सम्मान दिएर आफ्नो घरमा बोलाउँथ्यौं र उनीहरुलाई गुफासम्म पनि लगिदिन्थ्यौं। उनीहरु हाम्रो घरमा बस्थे। फेरि अनुमति लिएर जान्थे। महिलाहरु टाटा–बाईबाई गर्नका लागि झ्यालमा बसेका हुन्थें।’

‘जब यहाँ यात्रा हुने गर्दथ्योँ। तब यहाँ न कुनै जाति हुन्थ्यों न त कुनै रंग। मुसलमान–हिन्दू एकैजस्तो देखिन्थे। सबैले मान्छन् कि यो पवित्र स्थान हो। हरेक वर्ष हाडपूना र शावपूणामा सोधिन्थ्यों कि छडी मुृबारक कहिले निस्कन्छ।’

गुलाम मलिकले पुराना दिन संझदै भने, ‘फेरि चाहन्छु कि आफ्ना हिन्दू भाईहरुको पछाडि यसरी नै जान पाइयोस्। पैसा चाहिंदैन।’

आम्दानी
बटकोटको मलिक खानदानलाई वर्ष २००२ सम्म अमरनाथ गुफामा यात्रीहरुले चढाउने पैसाको एक तिहाई हिस्सा मिल्ने गरेको थियो।

‘वर्ष २००२ मा जब अमरनाथ श्राइन बोर्ड बनाइयो। त्यसपछि मलिक खानदानलाई यात्राको सबै गतिविधिबाट अलग गरियो। हामीलाई भनियो यदी तिम्रो मुस्लिम वक्फ बोर्डमा कोही हिन्दू हुँदैन भने श्राइन बोर्डमा मुसलमान कसरी हुनसक्छन्। यो हिन्दू मुसलमानबीचको दूरी बढाउने काम थियो,’ मलिकले भने।

मलिक परिवारका एक सदस्य मलिक अफजलले सुने अनुसार बुटे मलिकले कुनै दिन भगवान् शिवको दर्शन पाएका थिए। ‘मैले मेरा हजुरबाबाट सुनेअनुसा।र अमरनाथ गुफा जाने बाटोलाई बुटे मलिकले नै फराकिलो बनाएका थिए। हाम्रो खानदानले सधैं गुफालाई पवित्र स्थान मान्ने गरेको छ। हरेक वर्ष यहाँ हाम्रो घरबाट कोही न कोही जान्छ। आज पनि अमरनाथ यात्रामा आएकाहरु हामीलाई भेट्न हाम्रो घरमै आउँछन्।’

यसरी भावनात्मक सम्बन्ध मात्रै नभएर पहलगाबासीहरुको अमरनाथ यात्रीसँग व्यापारिक सम्बन्ध पनि छ। अमरनाथ यात्राका बेला यहाँ ठूलो कारोबार हुन्छ। ‘जसले पनि सोमबार यात्रूमाथि हमाला गरे। उनीहरु मानिस होइनन्। राक्षस हुन्,’ मलिक अफजलले सोमबार भएको आक्रमणको निन्दा गरे।

अनन्त नागमा यात्रुहरुको एक बसमा भएको हमलामा सात जनाको मृत्यु भएको थियो भने अन्य थुप्रै घाइते थिए। गुलाम हसनका अनुसार यसअघि पहिले छडीलाई श्रीनगर, अवंतीपूरा, बिजबिहाडा, अन्दरनाग बटकोट र थुप्रै ठाउँमा रोकिन्थ्यो। अहिले श्रीनगर, मटन, पहलगाम र चन्दनवारीमा मात्रै रोकिन्छ।

पहलगामका ८२ वर्षीय व्यापारी गुल मुहम्मदले यात्रुहरुका समस्या समाधानमा आफुहरु सधैं लाग्ने गरेको बताए।

एजेन्सीबाट

Logo