तोडिएन लालकिल्ला : धरान उपमहानगरमा एमालेका तारा सुब्बा प्रमुख र मन्जु भण्डारी उपप्रमुखमा विजयी

तोडिएन लालकिल्ला : धरान उपमहानगरमा एमालेका तारा सुब्बा प्रमुख र मन्जु भण्डारी उपप्रमुखमा विजयी

केन्द्रबिन्दु
0
Shares

इनरुवा, २७ असार । स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको हो । 

यससँगै दोसो चरणको चुनावमा एमालेले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटामा जित हासिल गरेको छ । एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी हुनुभएको हो । 

प्रमुखमा निर्वाचित राईले २० हजार ९७५ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तिलक राई १६ हजार २०२ र नेकपा ९माओवादी केन्द्र०का अइन्द्रविक्रम मेघाले ११ हजार १८० मत पाउनुभएको छ । 

त्यसैगरी, उपप्रमुखमा एमालेकी मन्जु भण्डारी सुवेदी २१ हजार २५६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसकी श्यामा रेग्मीले १४ हजार एकसय ९७ मत पाउनुभएको छ । 

धरान उपमहानगरका २० वटा वडामध्ये एमालेले १४ वटा वडा जितको छ भने पाँचवटा काँग्रेस र एकवटा माओवादी केन्द्रले जितेको छ । एमालेले वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० जितेको छ । त्यस्तै, काँग्रेसले वडा नं १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ । 

धरानमा मतगणना सकिएसँगै सुनसरीमा सबै स्थानीयतहको मतगणना सकिएको छ । सुनसरी जिल्लामा रहेका सबै १२ वटा स्थानीयतहको मतगणना सकिएको मुख्य निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । रासस

Logo