चीनबाट फर्किए उपराष्ट्रपति पुन

चीनबाट फर्किए उपराष्ट्रपति पुन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ असार ।

उपराष्ट्रपति नन्दबहादुर पुन चीनको भ्रमण गरी सोमबार अपरान्ह स्वदेश फर्केका छन् । उनी २३ औं ‘चाइना लन्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर’ मेलाको उद्घाटन समारोहमा भाग लिन गत मंगलबार त्यसतर्फ लागेका थिए ।

चीनको पाँच दिने बसाईपछि स्वदेश फर्केका उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा मन्त्रीहरूले स्वागत गरेका थिए ।

उपराष्ट्रपति पुनले चीनमा रहँदा नेपाल– चीन व्यापारका विविध आयामका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस क्रममा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

Logo