सप्तरीका बाढी पीडीतलाई सरकारको २५ हजार

सप्तरीका बाढी पीडीतलाई सरकारको २५ हजार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २६ असार, काठमाडौं ।

सरकारले सप्तरीका बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाताका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैया राहत उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढि प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितहरुलाई तत्काल २५ हजार रुपैया उपलब्ध गराउने घोषणालाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको हो । साथै सबै बाढी पीडीतलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैया सहुलियत ऋणको व्यवस्था गर्ने बारे प्रधानमन्त्री देउवाले गरेको प्रतिवद्धतालाई पनि बैठकले अनुमोदन गरेको छ । प्रतिनिधि सभाको सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसद समक्ष पेश गर्ने निर्णय सरकारले गरेको छ । त्यसैगरी बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहाकारमा दिनेश भट्टराईलाई नियुक्त गरेको छ ।

सप्तरीमा स्थानीय महोली खोलाको बाढीले तिरहुत गाउँपालिकाको लोहजारा बाँध भत्काएपछि ६ सय भन्दा बढि घर परिवार डुवानमा परेका हुन् ।

 

Logo