देशका २ सय ७५ स्थानीय तहमा एमाले विजयी

देशका २ सय ७५ स्थानीय तहमा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

 

केन्द्रबिन्दु डेस्क । २०७४ असार २६ ।

काठमाडौैं : नेकपा एमालेले पहिलो र दोस्रो चरणको निर्वाचनमा गरेर २ सय ७५ स्थानमा विजय हासिल गरेको छ । प्रदेश नम्बर २ बाहेक देशका अन्य भूभागमा सम्पन्न निर्वाचनको मतपरिणाम आउँदा एमाले कूल २ सय ७५ स्थानमा विजयी भएको हो । एमालेले पहिलो चरणमा १ सय २५ स्थान जितेको थियो भने दोस्रो चरणमा १ सय ५० स्थानमा विजय हासिल गरेको छ ।

दुई चरणका निर्वाचनमा कांग्रेसले कुल २ सय २६ स्थान जितेको छ । पहिलो चरणमा १ सय ४ स्थान जितेको कांग्रेस दोस्रो चरणमा १ सय २२ स्थानमा विजयी भएको छ । माओवादी ८४ स्थानमा विजयी भएको छ ।

अहिलेसम्म निर्वाचन भएका कुल ६ सय १६ तहमध्ये २ स्थानको नतिजा आउन बाँकी छ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना सम्बन्धी देखिएको विवादका विषयमा अदालतले कुनै निर्णय गरेको छैन । यता धरान उपमहानगरपालिकामा एमाले अघि छ ।

 प्रदेश नम्बर २ मा असोज २ गतेका लागि निर्वाचन मिति तोकिएको छ । 

 

Logo