६ जुवाडे पक्राउ

६ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

पर्सा, २५ असार । वीरगन्ज महानगरपालिकाको मुर्लीबगैँचाबाट प्रहरीले आज ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज विशेष सूचनाका आधारमा महानगरपालिका–१५ स्थित मुर्लीबगैँचामा डेरा गरी बस्ने भीम श्रेष्ठको कोठाबाट रु एक लाख ७२ हजार २७० नगदसहित छजनालाई पक्राउ गरेको हो ।

श्रेष्ठले कोठामा व्यावसायिक रुपमै जुवा तास खेलाउने गरेको पूर्वसूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार घरभित्र तास खेल्दै गरेको अवस्थामा सीमावर्ती भारतीय शहर रक्सौलका रमेश चौधरी, वीरगन्ज महानगरपालिका– १० का सञ्जय श्रीवास्तव, सुदिप श्रष्ेठ, वीरगन्ज– १९ का गोपालप्रसाद मावरावडी, वीरगन्ज– १३ का अन्जनी कुमार र जुवा खेलाउने भीम श्रेष्ठलाई पक्राउ गरिएको हो । रासस

Logo