मान्छे खाने पहाड, जसले ८० लाखलाई निलिसक्यो

मान्छे खाने पहाड, जसले ८० लाखलाई निलिसक्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २४ असार काठमाडौं ।

मान्छे खाने पहाड । अर्थात केरो रिको । बोलिभियाको दक्षिण–पश्चिम स्थित यो पहाडले अहिलेसम्म एक जना होइन, दुई जना होइन, ८० लाखलाई निलिसकेको छ । यो सिलसिला १६ औं सताब्दीबाट सुरु भएको मानिन्छ ।

खासमा यसलाई ‘धनी पहाड’ पनि भनिन्छ, किनभने त्यहाँ प्रशस्त चाँदी छ । स्पेनका मानिसले यसमा राज गरिरहेका छन् । उनीहरुले नै यसको निकनेम राखेका हुन्, ‘मान्छे खाने पहाड ।’

स्पेनलाई धनी बनाउने पहाड
– १५४५ मा स्पेनियोले केरो रिको पहाडको फेदमा एक सानो शहर स्थापित गरिए । र, उनीहरुले करिब ३० लाख मूल निवासीलाई जबरजस्ती माइनिङको काममा खटाए ।
– यस पहाडबाट सदियौंदेखि चाँदी निकालिदैछ । अनुमान गरिन्छ कि, स्पेनियोले यस पहाडबाट २ अरब औंस चाँदी निकाले । भनिन्छ, यहि चाँदीले स्पेनलाई धनी बनायो ।
– लगतार चाँदी उत्खननको कारण यो पहाड होचो हुँदै गएको छ । उत्खननले गर्दा ठाउँ–ठाउँमा सुरुङ र खाल्डो बनेको छ । यसले माइनिङलाई थप कठिन बनाएको छ । र, यो हरपल दुर्घटनाको खतरा बनिरहेको छ ।
– कुनैपनि बेला यो पहड धस्सिन सक्छ, जहाँ लगभग १५ हजार माइनर्स काम गरिरहेका छन् ।

मृत्युबाट बच्न भूतको पूजा
– विधवाहरुको संगठनले भनेको छ कि, हरेक महिना यहाँ औसत १५ जना विधवा हुन्छन् । किनभने उनीहरुको पति उत्खननको क्रममा मर्ने गरेका छन् ।
– यहाँको परिस्थिती एकदमै खराब छ । चारैतिर धूलो र चट््टानबाट विषालु ग्याँस निस्किएको छ ।
– यहाँ काम गर्ने श्रमिकको कठिन दिनचर्याको कारण औसत आयु ४० बर्ष मात्र हुनेछ ।
– यस भिषण परिस्थितीबाट बच्चनका लागि एल टियोको मूर्ति राखिएको छ । एल टियो दानव हुन्, जसको सिंग हुन्छ । उसलाई गहिराइको स्वामि मानिन्छ ।
भयानक मृत्युको आंकडा
१६ औ सताब्दीबाट अहिलेसम्म यस पहाडमा ८० लाख मानिस मरेको मानिन्छ । यद्यपी आलोचकले के भनेका छन् भने, उक्त आंकडामा त्यस मानिसको संख्या पनि सामेल छ, जसले यो पहाड छाडेर अन्यत्र गए ।

स्रोत – एजेन्सी

Logo