गुप्तांगमा १५ वटा सुई, निकाल्नै डक्टरलाई डेढ घण्टा लाग्यो !

गुप्तांगमा १५ वटा सुई, निकाल्नै डक्टरलाई डेढ घण्टा लाग्यो !

केन्द्रबिन्दु
0
Shares

यौन भोक मेटाउनका लागि मानिस कुन हदसम्म जानसक्छ भन्ने घटना हालै चीनमा सार्वजनिक भएको छ । विचित्र र अत्यन्त पीडादायी लाग्ने यो घटना एकजना ३५ वर्षीय व्यक्तिलाई गत जुन २० तारिखमा अस्पताल भर्ना गरिएपछि बाहिर आएको हो ।

उक्त व्यक्तिलाई गुप्तांग (प्राइभेट पार्ट) मा अत्यधिक पीडा हुन थालेपछि र पिसाब फेर्दा रगत देखिएपछि हतारहतार अस्पताल पुर्याइएको थियो । चिकित्सकहरूले उपचारनिम्ति सोधपुछ गर्दै गएपछि मात्र त्यो व्यक्तिले वास्तविकता बताएको थियो– उसले लगभग पछिल्लो एक वर्षदेखि आफ्नो प्राइभेट पार्टमा सुई हाल्ने गर्दै आइरहेको थियो ।

करिब डेढ घण्टा लगाएर उसको अप्रेसन भयो । चिकित्सकहरूले उसको गुप्तांगबाट १५ वटा सुई बाहिर निकाले थिए । ती सुईहरू गुप्तांगको सबैभन्दा सानो भागबाट निकालिएको चिकित्सकहरूले जानकारी दिए ।

स्थान्यि पत्रिका हुआशुआङ मर्निङ पोस्टले यस घटनाका बारेमा समाचार प्रकाशित गरेपछि यो खबर चारैतिर प्रसारित भयो । मर्निङ पोस्टको रिपोर्टअनुसार, उक्त व्यक्तिलाई शेयांग सैनिक इलाकामा रहेको नागरिक अस्पतालमा भर्ना गरिएको थियो ।

उक्त व्यक्तिले आलपिनको टाउको तल र टुप्पो बाहिर राखेर गुप्तांगमा हाल्ने गरेको थियो जसले गर्दा उसलाई तत्काल पीडा महसुस भएन ।

युरोलोजिस्ट डा. काओ जिहक्यांगले डेली मेल पत्रिकासित कुराकानी गर्दै एक्सरे गर्दा ती बिरामीको गुप्तांगमा मूत्रमार्गको सबैभन्दा सानो भागमा थुप्रै सुई रहेको देखिएको बताए । युरोलोजिस्ट प्रमुख डा. लियु लांग र डा. काओले यो आफैँमा यस किसिमको पहिलो घटना नभएको बताउँदै भने, ‘हामीले यसभन्दा पहिला पनि व्यक्तिहरूको गुप्तांगबाट कलम (पेन) र थर्मामिटर जस्ता कुराहरू अप्रेसन गरेर निकालिसकेका छौँ ।’

चिकित्सकहरूले उक्त व्इक्तिको गुप्तांगबाट सुईहरू निकाल्नका लागि ‘गाइड वायर’ को प्रयोग गरेका थिए । त्यो वायरबाट एउटा एउटा गर्दै सुई बाहिर निकालिएको हो ।

डक्टर काओले भनेअनुसार, केही मानिसहरूमा चरम यौन सन्तुष्टिको सीमा अत्यन्त धेरै हुन्छ । त्यस्ता मानिसहरू चरम सन्तुष्टि पाउनका लागि कुनै पनि हदसम्म जान सक्दछन् । त्यो व्यक्तिले पनि त्यसै गरेको हो । चरम यौन सन्तुष्टि पाउनका लागि उसले त्यस्तो खतरनाक उपाय अपनाएको हो । तर अब ऊ सुरक्षित छ र उसलाई अस्पतालमा डक्टरहरूले हेरचाह गरिरहेका छन् । (एजेन्सी)

Logo