अमेरिकी दादागिरी कायमै

अमेरिकी दादागिरी कायमै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दू संवाददाता ।

सरकारले राजधानीका सडक फराकिलो पार्ने योजनालाई गति दिएपनि अमेरिकन दुताबासको दादागिरीले यो अभियान अबरुद्ध जस्तै बनेको छ । महाराजगञ्जमा रहेको उक्त दुताबासले पर्खाल भत्काउन अटेरिगर्दा सडक फराकिलो पार्ने योजना अबरुद्ध भएको हो ।

सरकारले अमेरिकी दुताबासलाई पटक–पटक आग्रहगर्दा समेत उक्त दुताबासले अटेरि गरिरहेको छ । पर्खाल भत्काएर वनाएवापत १ सय करोड रुपिया“ मागेपछि यसकालागि सरकार असमर्थ देखिएको हो । सरकारले रकम नदिएसम्म बाटो नभत्काउने दुतावासले जनाएको महानगरपालिका स्रोतले जनाएको छ । कुटनीति क्षेत्रका एक जानकारका अनुसार “उसको देशमा कुनै दुतावासले यस्तो ब्यवहार देखाएको भए उहिल्यै डोजर लगाएर भत्काईदिइ सक्थ्यो । तर हामी त्यसो गर्न सक्दैनौं, उसले सफ्ट अनुरोध मान्दैन ।”

अमेरिकन दुताबासको सिको गर्दै अन्य केही दुताबासले समेत बाटो छोडेका छैनन् । यसरी बाटो नछोड्ने दुताबासहरुमा फ्रेञ्च–लाजिम्पाट, जर्मनी– ज्ञानेश्वर र रसिया–बालुवाटार रहेकाछन् । बाटो नछोड्ने दुताबासलाई सरकारले समेत कुनै कडा निर्देशन दिन नसकेको स्रोत बताउ“छ ।

 

बाटो नछोड्ने
दुताबास                         स्थान
अमेरिकन                      महाराजगञ्ज
फ्रेञ्च                            लाजिम्पाट
जर्मनी                          ज्ञानेश्वर
रसिया                          बालुवाटार

 

 

 

Logo