देउवा सधैं आलोचित : ‘वाहवाही लिने बेला बिहे भोजमा प्रधानमन्त्री’

देउवा सधैं आलोचित : ‘वाहवाही लिने बेला बिहे भोजमा प्रधानमन्त्री’

केन्द्रबिन्दु
0
Shares

आफ्नो सचिवालय चुस्त दुरुस्त बनाउँदै  तथा आवश्यक सल्लाहकारहरु नियुक्त गरेर प्रथमिकताका आधारमा दैनिक कार्यसम्पादनलाई व्यवस्थित ढंगले अघि बढाउन नसकेको प्रधानमन्त्री शेरबहादुर देउवा दैनिक आलोचनाको पात्र बन्न थालेका छन् ।

साथै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रभावकारी ढंगले पार्टी सञ्चालन गर्न नसकेको भनेर पार्टीभित्रै पनि आलोचित बन्दै गएका छन् । आजको नेपाल समाचरपत्रमा यो खबर छ ।

देउवा निकट कांग्रेसका एक नेताले भने, ‘देउवाले चुनौतीपूर्ण अवस्थामा गरेको कामको वाहवाही पाउनुपर्ने बेलमा झन् आलोचित बन्दै जानुभएको छ । प्रधानमन्त्री अहिले बिहे, भोज, नातेदार चिनजानका साथीभाइ भेटघाटजस्ता सामान्य र व्यक्तिगत काममा व्यस्त देखिनुभएको छ ।’

Logo