५३ बर्ष जेठी बेहुली

५३ बर्ष जेठी बेहुली

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेक्स । २१ असार काठमाडौं ।

विवाह सम्बन्धी धेरै अनौठा तथ्य र समाचार पढ्न पाइन्छ । ८० बर्ष हाराहारीका बुढाले १८–२० बर्षे तरुनीसँग विहे गरेको जस्ता समाचार धेरै आउँछन् । तर यसको उल्टो १८ बर्षे तन्नेरीले ७१ बर्षे बुढीलाई जीवन साथी बनाएको ? कमै पढ्न पाइने यस्तै समाचार हामीले फेला पारेका छौं ।

टेनेसीका ७१ बर्षे अल्मेडा इरेलको जव १७ बर्षे (हाल १८) गेरी हार्डवीच भेट भयो तव प्रेम सुरु भइहाल्यो । त्यसपछि चलेको तीन हप्ते रोमांश पछि यो जोडी विहे गर्ने निर्णयमा पुग्यो । विहे पछि गेरी अल्मेडाको घरमा बस्न थालेका छन् । यस घरमा अल्मेडाका नाती पनि बस्छन् । यी नाती पति गेरीभन्दा ३ बर्ष जेठा छन् ।

गेरीको अनुभव छ, उनीहरु वीचको रोमांश मज्जाले चलिरहेको छ । उनी सानैदेखि आफूभन्दा बढी उमेरका महिला मनपराउँथे । उनले भनेका छन् – ८ वर्षको उमेरमा २७ बर्षे म्यामलाई मन पराउँथे ।

त्यसैगरी अल्मेराको अनुभव पनि नयाँ छ । उनका पति ४३ बर्षको उमेरमा मरे । त्यहीवेला देखि उनी तन्नेरीको खोजीमा थिइन् । भन्छिन् – अव खोज खत्तम भयो, खोजेको भेटेँ ।
एजेन्सीको सहयोगमा ।

 

Logo