रियल लाईफकी लेडी सिंघम, डेन्टिस्टदेखि एसीपीसम्म

रियल लाईफकी लेडी सिंघम, डेन्टिस्टदेखि एसीपीसम्म

केन्द्रबिन्दु
0
Shares

एजेन्सी १७ असार २०७४
२०१२ मा पन्जाव पुलिसमा आबद्ध भएकी जालन्धरकी डेन्टिस्ट डाक्टर रिचा अग्निहोत्रीले लुधियानकी ट्राफिक एसीपी हुन् । लुधियाना सरुवा भएपछि आफ्नो पहिलो पोस्टिङमा देखाएको इमानदारीता र प्रतिवद्धताको तारिफ गर्दै स्थानियहरुले उनलाई ‘लेडी सिंघम’ उपमा दिएका छन् । पीपीएस अफिसर डाक्टर रिचाले आफ्नो डेढ वर्षको कार्यकालमा जनचेतनाका साथै ट्राफिक नियम कार्यान्वयन गराउन थुप्रै काम गरिन् । के–कस्ता कारणले चर्चामा छिन् त रिचा ?

– ८ सेप्टेम्बर २०१४ मा उनी जालन्धरमा सूरुवा भएकी थिइन् । त्यसपछि उनले हेल्मेट नलगाई मोटरसाइकल कुदाउनेलाई चिट काट्नुको सट्टा उल्टै हेल्मेट किनिदिइन् ।
– अहिले उनको यो फर्मूलालाई अमृतसर पुलिसले अनुकरण गरेको छ । हूटरसहितका कार र पटाकासहितका बुलेटलाई पकड्ने काम उनले भर्खरै सुरुआत गरेकी छिन् ।
– उनले ट्राफी नियम तोड्ने प्रहरी अफिसरदेखी पन्जावकै मूख्यमन्त्री बादल समेतलाई चिट काटिन्
– एकपटक उनले एमएलएको गाडीमा लागेको स्टिर उतार्दा यसको गुनासो विधानसभाका प्रवक्तासम्म पुगेको थियो ।
– त्यसपछि उनी विधानसभामै उपस्थित पुनप¥यो । तर उनले आफ्नो काम छाडिनन् ।
– उनले राती मापसेका लागि आफैँ गस्ति गरिन् ।
– लुधियानमा ट्राफिक इन्फोर्समेन्टका लागि विशेष नाकाबन्दी गर्ने समयमा डाक्टर रिचाको सरुवा हुदैँ थियो ।
– तर तत्कालिन पुलिस कमिश्नर प्रमोद बानले सरुवा रोकिदिए ।
– लुधियानाको ट्राफीक सुधारका लागि डाक्टर रिचाले गरेको प्रयास सराहनिय रहेको भन्दै उनले सरुवा रोकेका थिए ।

आलोचनाले ग¥यो काम गर्न प्रेरित
– उनी शहरवासीहरुको इच्छाकै कारण काम गर्न प्रेरित भएको बताउँछिन् ।
– उनलाई पहिलो पोस्टिङमै लुधियाना निकै नजिक लागेको थियो ।
– आलोचना गर्नेहरुलाई उनी धन्यवाद भन्न चाहन्छिन् किनकी आलोचनाले नै उनलाई काम गर्न प्रेरणा मिलेको हो ।
– उनी कामको श्रेय आफूभन्दा बढी १३ घण्टासम्म घाम, पानी, तातो र चिसो नभनी घट्ने इमानदार जवानहरुलाई दिन चाहन्छिन् ।
– लुधियानामा आफ्नो कार्यकाल सकिएपनि कामको उत्साह उस्तै रहेको उनी बताउँछिन् ।
– शहरमा विभिन्न घटनाका विरुद्ध महाअभियान चलेमा जनचेतनाका लागि अगाडी सर्ने संगठनसँग जोडिएर उनी काम गर्छिन् ।
– उनले ट्राफिम नियम पालना गर्नेहरुलाई सम्मान गरिन् । नियमको वेवास्ता गर्नेहरुलाई विभिन्न संगठनको सहयोग लिएर सम्झाउने कोसिस गरिन् ।
– स्कुलमा ट्राफिक क्लब बनाएर जनचेतना फैलाउन काम गरिन् । अहिले पनि ट्राफिक टिम जनचेतना फैलाउँदै छ ।

Logo