आतङककारीको धम्कीपछि सिङगापुरमा सैन्य पुर्नसंरचना

आतङककारीको धम्कीपछि सिङगापुरमा सैन्य पुर्नसंरचना

केन्द्रबिन्दु
0
Shares

सिङ्गापुर, १६ असार । सिङ्गापुरको सेनाले आतङ्कबादीहरूको धम्कीका कारण आफ्नो संरचनामा परिवर्तन गर्न लागेको रक्षा मन्त्रीले जानकारी दिनुभएको छ ।

आतङकबादीहरूको सामना गर्नका लागि सैन्य पुर्नसंरचना गर्न लागिएको सिङ्गापुरको सैन्य दिवसका अवसरमा दिइएको अन्तबार्तामा उहाँले भन्नुभएको छ ।
रक्षा मन्त्रीले भन्नुभयो, “परिवर्तीत सुरक्षा चुनौतीलाई ध्यान दिदै सैन्य पुर्नसंरचा गर्न लागिएको छ, सिङगापुरले सायद सैन्य सङ्ख्या पनि बढाउने छ ।”

हालै सञ्चार माध्यमलाई दिएको अन्तवार्तामा उहाँले आफ्नो गाँउ ठाँउको सुरक्षा गर्नका लागि राष्ट्रिय स्वयमसेवकहरूलाई तालिम दिइने बताउनु भयो । त्यसका लागि उहाँले तालिम दिने छुट्टै निकाय बनाइने पनि जानकारी दिनुभयो ।

यही जुलाईमा बनाइएने त्यस्तो निकायको नाम सुरक्षा तालिम संस्था राखिने भएको छ । यस संस्थाबाट तालिम लिएकाहरूलाई राष्ट्रिय स्वयमसेवकहरूसँग समन्वय गरेर सुरक्षाका लागि परिचालन गरिने भएको छ ।

सिङगापुरमा आफ्नो ठाँउको सुरक्षाका लागि हरेक बर्ष झण्डै १८ हजार जनालाई तालिम दिएर राष्ट्रिय स्वयमसेवक बनाईन्छ ।

रक्षा मन्त्रीले सिङ्गापुरको सामुद्रिक सुरक्षाका लागि खटिने र आतङ्कबादीहरूको सम्भावित आक्रमणको बेला प्रतिवाद गर्नका लागि खटिनेहरूको मापदण्डमा सुधार गरिने बताउनु भयो । रासस/सिन्ह्वा

Logo