सुस्ता र बिर्तामोड–१ मा एमाले विजयी

सुस्ता र बिर्तामोड–१ मा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

बिर्तामोड (झापा), १६ असार । बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)का अग्निप्रसाद पाण्डे एक हजार २७२ मत ल्याएर समूहसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रत्यासी नेपाली काँग्रेसकी देविका बस्नेतले ७३९ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा यमुना आचार्य, दलित महिला सदस्यमा कमला महरा नथख खुला सदस्यतर्फ टीकाप्रसाद सङ्ग्रौला र प्रेमकुमार पोखरेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जीवराज भट्टराईले जानकारी दिनुभयो ।

सुस्तामा एमाले विजयी

नवलपरासी, १६ असार । सुस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले विजय हासिल गर्नुभएको छ ।

उम्मेदवार रामप्रसाद पाण्डे चार हजार ४२४ र इन्द्रकुमार थरुनी चार हजार ३४६ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका हस्मुद्धिन शेषले चार हजार १७१ र विमला उपाध्यायले चार हजार १३८ मत प्राप्त गर्नुभएको थियो । पाँच वटा वडा रहेको सुस्ता गाउँपालिकाका वडाध्यक्षमा काँग्रेस र एमालेका दुई दुई र राप्रपाले एक स्थान हासिल गरेका छन् । रासस

ताप्लीमा एमाले विजयी

गाईघाट (उदयपुर) ताप्ली गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उद्धवसिंह थापा एक हजार २५७ मत ल्याई विजयी हुनुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा एमालेकै कमला राई एक हजार ७३४ मत ल्याएर विजय हुनुभएको छ । रासस

पञ्चेश्वरमा एमाले

बैतडी, पञ्चेश्वर गाउँपालिकामा नेकपा (एमाले) का गोरखबहादुर चन्द दुई हजार ६०८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेशबहादुर चन्दले एक हजार ७१८ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै विना भट्ट दुई हजार ४२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसकी विन्दु चन्दले एक हजार ८७४ मत प्राप्त गर्नुभएको छ । रासस

अजयमेरुमा माओवादी केन्द्र विजयी

डडेल्धुरा अजयमेरु गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट दुई हजार ६९० र माओवादी केन्द्रकै कलावती भाण दुई हजार १७१ मत ल्याएर अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँगे्रसका लोकराज भट्टले एक हजार ७७९ र कमला विष्टले एक हजार ७७५ मत प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्र विजयी

धनगढी कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नवीन पुनमगर विजयी हुनुभएको छ ।

उहाँले १४१ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण बमले ६८ मत प्राप्त गर्नुभयो ।

यता ७ नं प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको पछिल्लो मतगणनाअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता कायम रहेको छ । प्रमुखमा काँग्रेसका नृप ओडले एक हजार १३५र उपप्रमुखमा सुशीला मिश्र भट्टले एक हजार ६२० मत प्राप्त गर्नुभएको छ ।

प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालले एक हजार १९ मतले काँग्रेसका उम्मेदवारलाई पछ्याइरहनुभएको छ । यसैगरी नेकपा(एमाले) का प्रमुखका उम्मेदवार दुर्गा जोशीले ६७६ र उपप्रमुखका रुकमिनी देवकोटाले ९३५ मत प्राप्त गर्नु भएको छ ।

हरिनगरा–१ मा काँग्रेस विजयी

इनरुवा, १६ असार । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा नेपाली काँग्रेसका लतिफ अन्सारी ८८० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका प्रवीण गुप्ताले ४२८ मत प्राप्त गर्नुभएको छ । रासस

Logo