दश बर्षका दश उत्कृष्ट प्लस टु (भिडियो सहित)

दश बर्षका दश उत्कृष्ट प्लस टु (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

विगत एकदशक यताको शैक्षिक परिणामका आधारमा उत्कृष्ट १० भित्र पर्न सफल प्लस टु कुन कुन होलान्, सबैको चासोको विषय हो यो ।  खासगरि हालै सार्वजनिक एसइइ परीक्षाफलमा सफल दरिएका लाखौं विद्यार्थी र तिनका अभिभावकको खोजिको विषय हो यो ।

केन्द्रविन्दु टेलिभिजनले पहिलो पटक १० वर्षका कक्षा ११ र १२ का २० परीक्षा को परिणाममा अब्बल नतिजा ल्याएका उमाविहरुको सूची सार्वजनिक गरेको छ । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद र हालको राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने परीक्षामा धेरै विद्यार्थी शैक्षिक परिणाममा तुलनात्मक रुपमा सफल ठहरिएका उमावि यो सूचीमा परेका छन् ।

विद्यार्थीलाई राम्रा उमाविहरुको बारेमा जानकारी दिने उद्देश्यले यो सूची तयार गरिएको हो । यसले परिणाममै उत्कृष्ट उमाविको यथार्थ चित्रण गर्छ । १० वर्षका २० परीक्षालाई आधार बनाएर छनौट गरिएकाले निरन्तररुपमा सफल परिणाम ल्याउने उमावि मात्र यो पंक्तिमा सामेल छन् । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीबाट प्राप्त तथ्यांकको आधारमा धेरै विद्यार्थीमा अधिकतम्लाई सफल बनाउन सक्षम उमावि उत्कृष्ट १० भित्र परेका छन् ।

धेरैको जिज्ञासा रहन्छ, मुलकभरकै उत्कृष्ट उमाविहरु कुन कुन होलान त ? खासगरि एसइइ तह उत्तिर्ण विद्यार्थी र तिनका अभिभावकमा यसको चासो प्रत्यक्ष रहन्छ । यो सुची तयार पार्दा पहिलो स्थान सुरक्षित गर्दै ललितपुरको प्रसादी एकेडेमी नम्बर वान पोजिसनमा रहयो । यस्तै दोस्रो स्थानमा सेन्ट मेरिज उमावि, जावलाखेलले स्थान सुरक्षित गरयो ।
यसबाहेक काठमाडौं मोडल उमावि बागबजार, सगरमाथा उमावि पोखरा, ग्लोबल कलेज अफ म्यानेजमेन्ट कलेज, युनाइटेड एकेडेमी कुमारीपाटी, लिटल एन्जल्स उमावि हात्तिबन, मेरिल्यान्ड उमावि विराटनगर, पिनाकल एकेडेमी लगनखेल, जेभियर एकेडेमी लाजिम्पाट क्रमश उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।

निरन्तर उत्कृष्ट परिणाम प्रदर्शन गर्न सक्नु एउटा प्लसटु शिक्षालयका निम्ती वास्तवमै चुनौतीमय हुन्छ । लामो समयसम्म पनि परिणाममा उल्लेख्य उतारचढाव नभएका उमाविहरु उत्कृष्ट कलेज हुनसक्छन् भन्ने मान्यतामा १० वर्षका २० परीक्षाफल (कक्षा ११ र १२) लाई आधार बनाइएको हो । छोटो समयभन्दा लामो समयसम्म उच्च क्षमता प्रदर्शन गर्ने उमावि अब्बल हुनसक्छन् भन्ने हाम्रो ठहर हो । यद्यपी पछिल्लो पाच वर्षयताका १० परीक्षाका परिणाम मात्र हेर्ने हो भनें थुप्रै नया प्लसटु पुराना उत्कृष्ट उमाविलाई चुनौती दिन सफल देखिएका छन् ।

विगतमा राम्रो परिणाम हासिल गर्न सफल केहि प्लसटुको परीक्षाफल निरन्तर ओह्रालो लाग्दो छ भनें केहिको परीक्षाफल पछिल्ला वर्षहरुमा सुखद देखिन्छ । विगतमा धेरै राम्रो रिजल्ट हासिल गर्ने उमाविहरुको समयक्रममा टिठलाग्दो परिणाम पनि देखिन्छ । तर हामी प्रष्ट साथ भन्छौं, समग्र परीक्षाफलको आधारमा यि उमाविहरु उत्कृष्टको सूचीमा पर्न सफल भएपनि मुलुकभर अन्य थुप्रै उमाविहरु छन्, जसले शैक्षिक गुणस्तरलाई खस्किन नदिई सफल विद्यालयको परिचयमा आफुलाई स्थापित गराएका छन् । काठमाडौं उपत्यकाका दर्जनौं यस्ता उमाविका अतिरिक्त मोफसलमा पोखरा, विराटनगर, धरान, बुटवल, नारायणगढ, दाङका उमाविहरुले पनि निरन्तर राम्रो परिणाम हासिल गर्दै धेरै विद्यार्थीलाई सफल बनाएका छन् । उत्कृष्ट १० भित्र नपरेका दर्जनौं राम्रा उमाविले विद्यार्थीको शैक्षिक भविश्य उज्जवल बनाउन आफ्नो तर्फबाट योगदान दिइरहेकै छन् । त्यसो त राम्रा उमावि छनौट गर्नुमात्रै पनि विद्यार्थीको सफलता होइन्, विद्यार्थीको शैक्षिक भविश्य उज्वल हुन राम्रो शैक्षिक संस्था त आवश्यक हुन्छ नैं, स्वंय विद्यार्थीको मेहनतले पनि उत्तिकै भुमिका खेल्छ । शैक्षिक सफलताका निम्ती विद्यार्थीको मेहनत पहिलो प्राथमिकतामा पर्छ भनें त्यसपछि दोस्रोमा त्यो शैक्षिक संस्थाको शैक्षिक वातावरणले उसको शैक्षिक प्रगतीलाई टेवा पुर्‍याउछ ।

परिषदले संचालन गरेको प्लस टु कार्यक्रम चलाइरहेका उमाविहरूमध्ये परीक्षाफलमा सफल देखिएका उमाविको विवरण जस्ताको तस्तै प्रस्तुत गर्दै आएका छौं । हाम्रो छनौटको मुल आधार परिषदको तथ्यांक हो । साप्ताहिकले कक्षा ११ र १२ का २० वटा परीक्षाको आधारमा निरन्तर राम्रो परिणाममा विद्यार्थीलाई सफल गराउने उमाविहरुलाई आफ्नै सर्वेक्षण विधिबाट उत्कृष्ट छनौट गरेको हो ।

यो वर्ष उत्कृष्ट उमावि छनौटका क्रममा २०६३ कक्षा ११, २०६४ कक्षा १२, २०६४ कक्षा ११, २०६५ कक्षा १२, २०६५ कक्षा ११, २०६६ कक्षा १२, २०६६ कक्षा ११, २०६७ कक्षा १२,  २०६७ कक्षा ११, २०६८ कक्षा १२, २०६८ कक्षा ११, २०६९ कक्षा १२, २०६९ कक्षा ११, २०७० कक्षा १२, २०७० कक्षा ११, २०७१ कक्षा १२, २०७१ कक्षा ११ २०७२ कक्षा १२ तथा २०७२ कक्षा ११ र २०७३ कक्षा १२ को परीक्षाको परिणामका आधारमा न्युनतम् १ सय २६ विद्यार्थी भएका उमाविलाई यो सर्वेक्षणमा सहभागी गराइएको थियो । पछिल्लो १० वर्षका २० वटा परीक्षामा सहभागी कुल विद्यार्थी संख्यालाई कुल उमावि संख्याले भाग गर्दा आएको औसत १ सय २६ विद्यार्थी संख्यालाई आधार मानिएको हो ।  यसबारेमा पाठकले आफैं बुझ्न चाहेमा परिषदले उपलब्ध गराउने तथ्यांक हेरेर हामीलाई नै जाँच्न सक्नुहुनेछ । यसमा दावीका साथ हामी भन्न सक्छौं, १० वर्षको तथ्याकंको आधारमा उत्कृष्ट उमावि यिनै हुन् ।

थोरै प्रतिशतको अन्तरले गर्दा वाहिरिएका राम्रा कलेजहरू पनि थुप्रै छन् । एनसिसिएस उमावि पकनाजोलले पछिल्लो ९ वर्षको परीक्षामा उत्कृष्ट परिणाम हासिल गरे पनि वर्ष २०६३ र २०६४ को परीक्षामा विद्यार्थी संख्या कम भएकाले टपटेन र्‍याङकिङ भित्र पर्न असफल रहयो ।

टपटेनको सुचीमा थोरै प्रतिशतको अन्तरले नेसनल स्कुल अफ साइन्सेज लैनचौर एघारौं स्थानमा पुग्यो  भनें कालोपुलस्थित जेभियर इन्टरनेसनल १२ औं स्थानमा रहयो । यस्तै रिलायन्स इन्टरनेसनल एकेडेमी चावहिल, सिद्धार्थ इंग्लीस स्कुल बनेपा, ख्वप उमावि भक्तपुर, एस उमावि वानेश्वर, क्यापिटल उमावि कोटेश्वर, भिएस निकेतन उमावि मिनभवन क्रमश उत्कृष्ट प्लसटुको सुचीमा रहे ।

(सम्पूर्ण जानकारीकोलागी हेर्नुस् भिडियो ।)

 

Logo