कोहलपुर (बाँके), १६ असार । कोहलपुर नगरपालिका–१५ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित पूरै समूह विजयी भएको छ । "/>

कोहलपुर–१५ मा काँग्रेस विजयी, थप परिणामसहित

कोहलपुर–१५ मा काँग्रेस विजयी, थप परिणामसहित

केन्द्रबिन्दु
0
Shares

कोहलपुर (बाँके), १६ असार । कोहलपुर नगरपालिका–१५ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित पूरै समूह विजयी भएको छ । 

काँग्रेसका पतिराम थारु ७४१ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ओमप्रकाश थारुले ६६१ मत प्राप्त गर्नुभएको छ ।

वडाध्यक्षमा फोरम लोकतान्त्रिक विजयी

यसैगरी, धनगढी कैलालीको टीकापुर नगरपालिका–३ र ६ को अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ ।

सहायक निर्वाचन अधिकृत वसन्त बोहराका अनुसार वडा नं ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । उक्त वडाको एक सदस्य नेकपा (माओवादी केन्द्र) र बाँकी तीन सदस्य लोकतान्त्रिक फोरमले जितेको छ ।

यसैगरी वडा नं ६ मा लोकतान्त्रिक फोरमकै बलीराम चौधरी ५२१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उक्त वडाका सबै सदस्यमा लोकतान्त्रिक विजयी भएको छ ।

टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरमले सुरुदेखि नै अग्रता लिइरहेको छ । एमालेका प्रत्यासीले उहाँहरुलाई पछ्याइरहनुभएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१२ को वडाध्यक्षसहित पूरै समूह माओवादी केन्द्र विजयी भएको घोषणा यसअघिनै गरिसकिएको छ । वडा अध्यक्षमा विजयी प्रनाकुमार चौधरीले ६८९ मत र उहाँको निकटतम काँग्रेसका रामदुलारे चौधरीले ४६५ मत प्राप्त गर्नुभएको छ ।

Logo