लिखुपिके र महाकुलुङमा माओवादी केन्द्र विजयी

सल्लेरी (सोलुखुम्बु), १६ असार । लिखुपिके र महाकुलुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । "/>

२ ठाउँ माओवादी केन्द्र, १ माओवादी र २ ठाउँ एमाले विजयी

२ ठाउँ माओवादी केन्द्र, १ माओवादी र २ ठाउँ एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

लिखुपिके र महाकुलुङमा माओवादी केन्द्र विजयी

सल्लेरी (सोलुखुम्बु), १६ असार । लिखुपिके र महाकुलुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

लिखुपिके गाउँपालिका अध्यक्षमा डम्बरबहादुर बस्नेतले एक हजार १३६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर बस्नेतले ७६० तथा नेकपा (एमाले)का पोष्टकुमार कार्कीले ५१९ मत प्राप्त गर्नुभयोे ।

उपप्रमुखमा माओवादी केन्द्रकी प्रमिला बस्नेतले एक हजार ४२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस उम्मेदवारले ८२८ तथा एमाले उम्मेदवारले ५९६ मत प्राप्त गर्नुभयो । पाँचवटा वडा रहेको सो गाउँपालिका काँग्रेस र माओवादी केन्द्रले दुई÷दुई तथा एमालेले एउटा वडामा जित हासिल गरेको छ ।

यस्तै महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती एक हजार ४०३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भलाकाजी कुलुङले एक हजार ३८३ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसकी विपना कुलुङ विजयी हुनुभयो । रासस

Logo