इलाम, १६ असार । इलामको रोङ गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका बुद्ध ढकालले ५६४ मत प्राप्त गरी विजयी हुनुभएको छ् । "/>

इलामको रोङ–१ मा एमाले, सूर्योदय नपा–१ मा काँग्रेस विजयी

इलामको रोङ–१ मा एमाले, सूर्योदय नपा–१ मा काँग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

 

इलाम, १६ असार । इलामको रोङ गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका बुद्ध ढकालले ५६४ मत प्राप्त गरी विजयी हुनुभएको छ् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पूर्ण ढकालले २७५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै महिला सदस्यमा जयकला चाम्लिङ ५६२ मत, दलित महिला सदस्यमा लक्ष्मी नेपाली ५६८, खुल्ला सदस्यमा तुलसीराम न्यौपाने ५६९ र महानन्द अधिकारी ५६८ मत ल्याएर विजयी भएका छन् । विजयी सबै एमालेसँग आवद्ध हुनुभएको छ ।

सूर्योदय– १ मा काँग्रेस विजयी

त्यसैगरी इलामको सूर्योदय नगरपालिका– १ को अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार लिम्बूले एक हजार ४५६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर पाण्डेले एक हजार २८५ मत प्राप्त गर्नुभएको हो । रासस

Logo