२ नम्बर प्रदेशको निर्वाचनप्रति अमेरिकाको यस्तो चासो

२ नम्बर प्रदेशको निर्वाचनप्रति अमेरिकाको यस्तो चासो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १६ असार ।

अमेरिकाले असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा विदेशी कूटनीतिज्ञ तथा अन्तराष्ट्रिय समुदायलाई पर्यवेक्षण गर्न दिन नेपालमाथि कूटनीतिक दबाब दिएको खबर छ ।

निर्वाचन आयोग र सरकारले स्थानीय निर्वाचनमा विदेशीलाई पर्यवेक्षण अनुमति दिन नसकिने प्रस्ट रुपमा बताइसकेको भए पनि अमेरिकी दूतावासले बिहीबार वक्तव्य निकालेर पर्यवेक्षण गर्न पाउनुपर्ने बताएको हो ।

दूतावासले भनेको छ, ‘स्थानीय निर्वाचनको महत्वपूर्ण अन्तिम चरणमा निर्वाध रुपमा अन्तराष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिन नेपाल सरकारलाई पुन आग्रह गर्न चाहन्छ ।’

समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Logo