देउवालाई दनक : डडेल्धुराको अमरगढीमा एमाले विजयी

देउवालाई दनक : डडेल्धुराको अमरगढीमा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु समाचारदाता ६ असार, डडेल्धुरा ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेले उनकै गृहजिल्लामा दनक दिएको छ। डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ ।

अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । अमरगढी जिताउन देउवा यसपटक एक साता मुकाम बनाएर बसेका थिए ।

एमाले उम्मेदवार विश्वेवर प्रसाद ओझाले काङ्ग्रेस उम्मेदवार डिल्लीराज जोशीलार्इ १२८ मत अन्तरले हराएका हुन् । ओझाले ३ हजार ७६८ मत पाए भने जोशीले ३ हजार ६४० मत पाएका छन् । माओवादी उम्मेदवार शोभा भट्टको पक्षमा ३३९ मत परेको छ ।

उपप्रमुखमा एमालेकी संगिता भण्डारी विजयी भएकी छन् । उनले ३ हजार ५१७ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसकी पार्वती झुकालले ३ हजार २६९ मत पाइन् । माओवादीका करुणाकर ओझाले ७१७ मत पाएका छन् ।

अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाइरहेको छ । दोस्रो चरणमा चुनाव भएका १११ नगरपालिकामध्ये एमालेले अमरगढी जितेर नगरपालिकातर्फ विजयी शुरुवात गरेको छ ।

Logo