भोजपुर, १५ असार । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा (माओवादी केन्द्र) र भोजपुर नपा– २ मा नेकपा (एमाले) विजयी भएको छ । "/>

भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्रेस विजयी

भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

भोजपुर, १५ असार । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा (माओवादी केन्द्र) र भोजपुर नपा– २ मा नेकपा (एमाले) विजयी भएको छ ।

भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह विजयी भएको छ । राईले ४१४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गर्नुभएको हो । भोजपुर नपा– ४ को वडाध्यक्षमा काँग्रेसका प्रेम भण्डारी ५२८ ल्याई विजयी हुनुभयो । उक्त वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।

यस्तै भोजपुर नपा– ८ को वडाध्यक्षमा काँग्रेसका गोपाल कार्की १९३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १५२ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको हो ।

यसैगरी भोजपुर नपा– ७ को वडाध्यक्षमा काँग्रेसका जयबहादुर तामाङ ३२६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सीताराम श्रेष्ठले २५७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै भोजपुर नपा– १ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी हुनुभयो । सो वडामा माओवादी केन्द्रको पुरै समूह विजयी भयो ।

भोजपुर नपा– २ को वडाध्यक्षमा एमालेका कुमार राई ३२६ मत ल्याई विजयी हुनुभयो । उक्त वडामा एमालेको पुरै समूह विजयी भएको हो । रासस

Logo