राजधानीमा पानीपुरी बेचेर गाऊँलाई सहयोग (भिडियो रिपोर्ट सहित)

राजधानीमा पानीपुरी बेचेर गाऊँलाई सहयोग (भिडियो रिपोर्ट सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १६ असार । १५ असारको चर्को घाममा डिल्लीबजारको ट्रिनिटी कलेज छेउको सडकमा निकै भिडभाड थियो । त्यहाँ एक हुल तन्नेरी पानीपुरी खाएर रमाइलो गरिरहेका छन् । त्यहाँ पानीपुरी खाइदिनुहोस् भनेर अनुरोध गर्नेहरु पनि थिए र, अनुरोध स्वीकारेर पानीपुरीको मजा मान्नेहरु पनि थिए । पानीपुरी खान अनुरोध गर्ने र खाइदिनेहरुको एउटै उद्धेश्य थियो । खाने–खुवाउने कार्यक्रमको आयोजना गरिरहेको संस्था ‘बीएफएसी प्रोजेक्ट’ का अनुसार उनीहरु राजधानीभन्दा धेरै टाढाको एउटा पीडित बस्तीकालागी नवीन र पुन्य काम गर्दैछन् । सिराहा जिल्लाको मुस्कर बस्तीको मुसहर टोलमा रहेको श्री प्राथमिक विद्यालयका विद्यार्थीलाई आधुनिक शिक्षा दिन आवश्यक पर्ने सामाग्रीको जोहो गर्न यी तन्नेरीहरुले पानीपुरी खुवाउने कार्यक्रम आयोजना गरेका रहेछन् । कम्प्यूटर, इन्टरनेटकोलागी राउटर लगायतका सामाग्री उपलब्ध गराउँदै कम्प्यूटर शिक्षा समेत दिने आयोजकको सोच साँच्चै नै तारिफ योग्य छ । यसअघि बीएफएसीले तनहुको आधारभुत माध्यमिक विद्यालयमा १ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीलाई निशुल्क पुस्तक, प्रिन्टर लगायतका सामाग्री वितरण गरिसकेका छन् । वर्तमानमा गरिएको सानो सहयोगले पनि धेरैको भविश्य उज्वल बनाउन सक्छ । बीएफएसीको यो सोच तारिफ योग्य छ ।  

Logo