काठमाडौँ, १५ असार । हुम्लाबाट निर्वाचित प्रतिनिधिले सडक, शिक्षा र स्वास्थ्यका साथै स्थानीय स्रोतसाधनलाई प्राथमिकतामा राखेर हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । "/>

हुम्लीलाई आत्मनिर्भर बनाउन जनप्रतिनिधिको प्रतिबद्धता

हुम्लीलाई आत्मनिर्भर बनाउन जनप्रतिनिधिको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौँ, १५ असार । हुम्लाबाट निर्वाचित प्रतिनिधिले सडक, शिक्षा र स्वास्थ्यका साथै स्थानीय स्रोतसाधनलाई प्राथमिकतामा राखेर हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संवाद डबलीले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले स्थानीय साधनस्रोतको अधिकतम उपयोग र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामाजिक सशक्तीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सिमीकोट गाउँपालिकाका अध्यक्ष पदम लामाले भोकमरी र हिउँको विषयलाई भन्दा अन्य विषयलाई अगाडि ल्याउनुपर्ने बताउँदै हुम्ला राष्ट्रिय सडक सञ्जालका साथै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरेर हुम्लीलाई आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो ।

सर्केगाडा गाउँपालिका अध्यक्ष जोशी धामीले सिंहदरबारको अधिकार गाउँमा पुगेको बताउँदै आवास, खानेपानी, सडक, बिजुलीलाई प्राथमिकतामा राखेर जनतालाई सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा, अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, चंखेली गाउँपालिकाकी उपाध्यक्ष विमला कुमारी शाही लगायतले स्थानीय उत्पादनलाई बजारीकरण गर्नलाई हुम्ला सडक सञ्जालमा जोडिएमा स्थानीय उत्पादनलाई आधुनिकीकरण गरेर भोकमरीको अन्त्य गर्न सकिने बताउनुभयो । रासस

Logo