राजविराज, १५ असार । असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशत मात्र धान रोपाइँ भएको छ । "/>

वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत धान रोपाइँ, तर मनाइयो धान दिवस

वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत धान रोपाइँ, तर मनाइयो धान दिवस

केन्द्रबिन्दु
0
Shares

 

राजविराज, १५ असार । असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ ।
अहिलेसम्म एक हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ ।

समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष पनि खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन् ।

जेठ र असारको पहिलो सातामा अलिअलि वर्र्षा भए पनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत पानी हाली रोपाइँ गर्दै आएको हनुमाननगर कङ्कालनी नगरपालिका–२ का कृषक लाल माझीले बताउनुभयो ।

उचित सिँचाइको सधैँ अभाव खेप्दै आएका जिल्लावासी समयमा पर्याप्त मात्रामा पानी नपर्नाले अधिकांश खेतमा अहिलेसम्म रोपाइँ हुन नसकेको अर्का कृषक हरिशङ्कर विश्वासले बताउनुभयो ।

कुल ७० हजार हेक्टर खेतीयोग्य जमिन भएको यस जिल्लामा वर्षा नहुँदा अहिलेसम्म दुई प्रतिशतमात्र धान रोपाइँ भएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।

साथै मुलुककै पुरानो नहरका रुपमा रहेको चन्दर नहर जीर्ण भइ मर्मत नगरिएकाले यहाँका किसानले समयमै खेतमा पानी पटाउन नपाएको बताएका छन् गुनासो छ ।

 मनाइयो धान दिवस

‘दुई बालि धान खेती बिस्तार, आर्थिक समृद्धिको आधार’ भने नारासहित आज यहाँ धान दिवस मनाइएको छ ।

जिल्ला कृषि बिकास कार्यालयले आयोजना गरेको सो दिवसमा बिभिन्न संघसंस्थाका पदाधिकारीले स्थानीय बोदेबर्सानमा रोपाइँ गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले शुभारम्भ गर्नुभएको सो कार्यक्रममा जिल्ला कृषि बिकासका प्रमुख भगिरथ यादव, कोशी बाढी पिडित समाजका अध्यक्ष देवनारायण यादवलगायतले धान खेतीको बिकास र बिस्तारका विविध विषयमा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

जिल्लामा बार्षिक ७० हजार हेक्टर जमिनमा धान खेति हुदै आएको छ । बिभिन्न नहर ,कुलो पैनी एवम स्यालो ट्युवेलबाट ४५ प्रतिशत धान खेतीमा सिँचाई हुदै आएको छ ।

बाँकी ५५ प्रतिशत आकासेको पानीको भरमा धान खेती हुने गरेको सो कार्यालयले जनाएको छ । रासस

Logo