दार्चुलामा दौलतसिंहले खोले कांग्रेसको खाता

दार्चुलामा दौलतसिंहले खोले कांग्रेसको खाता

केन्द्रबिन्दु
0
Shares

2017-06-29 11:50

भीमदत्तनगर, १५ असार । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ ।

लेकम– १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का चन्द्रसिंह बोहराले २९५ र नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले १६१ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँगेसको पुरै प्यानल विजयी भएको छ ।

सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । रासस

Logo