काँग्रेस र एमालेले बाजुरामा खाता खोले

काँग्रेस र एमालेले बाजुरामा खाता खोले

केन्द्रबिन्दु
0
Shares

भीमदत्तनगर, १५ असार ।

स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका एक÷एक वडाध्यक्षमा विजयी भएका छन् ।

बडीमालिका नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्की ५४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिल विकले २८३ मत प्राप्त गरेका छन्।

८५७ मतदाता रहेको वडा नं १ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको नेपाली काँग्रेस बाजुराका पूर्वसचिव धनराज पण्डितले जानकारी दिए ।

बडीमालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

त्यसैगरी, बडीमालिका नगरपालिका–२ मा नेकपा (एमाले)का उम्मेदवार डम्बरबहादुर महत २४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकाका वडाध्यक्षका उम्मेदवार गोपाल कार्की ६ मतले पराजित भए । उनले २३६ मत प्राप्त गरे ।

Logo