बैतडीमा ११३ वर्षका वृद्धाले गरिन् मतदान

बैतडीमा ११३ वर्षका वृद्धाले गरिन् मतदान

केन्द्रबिन्दु
0
Shares

बैतडी : बैतडीमा १ सय १३ वर्षका एक वृद्धाले मतदान गरेकी छन् । जिल्लाको सुर्नाया गाउँपालिकामा ११३ वर्षका पशुपति साउदले मतदान गरेकी हुन्।
उनले भूमिराज निमावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्। गाउँको विकासका लागि सकी नसकी मतदान केन्द्रमा आएर भोट हालेको ११३ वर्षीया पशुपति साउदले बताइन्।
बैतडीकै राष्ट्रिय मावि फातीगढा मतदान केन्द्रबाट १०३ वर्षका हरिजीत साउदले पनि मतदान गरेका छन्। मतदाताहरु उत्साहका साथ मतदान केन्द्र जाँदैछन्। बैतडीको ४ नगरपालिका र ६ गाउँपालिकाका लागि ४ सय ४० पदका लागि १ हजार ७ सय ४ जना चुनावी मैदानमा छन्। बैतडीका १ सय ७४ मतदान स्थलमा मतदान भइरहेको छ।

Logo