रोल्पा : धवाङमा मतपत्र जल्यो, भनभने केन्द्रमा मतपेटिकामा एसिड

रोल्पा : धवाङमा मतपत्र जल्यो, भनभने केन्द्रमा मतपेटिकामा एसिड

केन्द्रबिन्दु
0
Shares

रोल्पा, १४ असार । जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिकामा आगो लगाइ मतपत्र जलाएका छन् ।
रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो ।

मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको राससले जनाएको छ ।

यसैबीच रोल्पाको धवाङकै भनभने मतदान केन्द्रमा एक जना मतदाताले मतदान गर्ने क्रममा लुकाएर लगेको एसिड मतपेटिकामा खसालेपछि सो मतदान केन्द्रको मतदान प्रकृया पनि रोकिएको छ ।

रोल्पा नगरपालिका १० स्थित मतदानकेन्द्रको ‘ख’ बुथको एक मतपेटिकाबाट बिहान साढे १० बजे धुलो उडेपछि घटना सार्वजनिक भएको थियो ।

कुनै मतदाताले मतदान गर्ने क्रममा एसिड छिराएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय रोल्पाका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् । उनका अनुसार एसिड राख्ने व्यक्तिको पहिचान हुन सकेको छैन । घटनापछि सवै राजनीतिक दलका प्रतिनिधि र मतदान अधिकृतविच मतदान सुचारु गर्ने विषयमा छलफल भइरहेको डिएसपी घर्तीले जानकारी दिए ।

Logo