कोटहीमाईमा १६ गते मतदान

कोटहीमाईमा १६ गते मतदान

केन्द्रबिन्दु
0
Shares

तिलोत्तमा (रुपन्देही), १४ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यको मनोनयन दर्ता गराउनुभएका मुरली मल्लाहाको शनिबार निधन भएको थियो । दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीका अन्य स्थानमा भने आज नै मतदान हुँदैछ ।

जिल्लामा चार लाख ६२ हजार मतदाता रहेका छन् भने उम्मेदवार चार हजार ४२४ जना रहेका छन् । रासस

Logo