विराटनगर : दोस्रो चरणको निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मोरङमा मतदान कार्य सुरु भएको छ । यस जिल्लाको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका ६६९ वटा मतदान केन्द्रमा मतदान कार्य सुरु भइसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभएको छ । "/>

३३४ स्थानीय तहमा उत्साहजनक मतदान हुँदै

३३४ स्थानीय तहमा उत्साहजनक मतदान हुँदै

केन्द्रबिन्दु
0
Shares

विराटनगर : दोस्रो चरणको निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मोरङमा मतदान कार्य सुरु भएको छ ।

यस जिल्लाको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका ६६९ वटा मतदान केन्द्रमा मतदान कार्य सुरु भइसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभएको छ ।

मतदाताहरु उत्साहका साथ बिहानैदेखि मतदान केन्द्रमा पुगिरहेको देखिन्छ । बिहानैदेखि गर्मीको महसुस भइरहेको अवस्थामा आज आकाश बादलले ढाकिएका कारण मतदाताहरु गर्मीबाट राहतको अनुभूति गरिरहेका छन् । आकाश बादलले ढाकिएको भएपनि मोरङमा अहिले बिहान वर्षा नभएको कथम् कदाचित वर्षा भएपनि ठूलो परिमाणमा वर्षा हुने सम्भावना नरहेको देखिन्छ । रासस

रोल्पामा उपप्रधानमन्त्री महराबाट मतदान

काठमाडौँ, १४ असार । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ बाट आज मतदान गर्नुभएको छ ।

आज बिहान बिबामरुकस्थित मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा गएर पहिलो मतदान गर्नुभएको उहाँका स्वकीय सचिव राहुल महराले जानकारी दिनुभयो ।

उक्त केन्द्रमा ७०५ मतदाता रहेका छन् । आज दोस्रो चरणको स्थानीय तहको निर्वाचन १, ५ र ७ नम्बर प्रदेशमा भइरहेको छ । यस निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार प्रतिस्पर्धामा छन् । रासस
कैलालीमा शान्तिपूर्णरुपमा मतदान सुरु
धनगढी, १४ असार । कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालका अनुसार कैलालीसहित ७ नं प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहका साथ मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

स्थानीय निर्वाचन झन्डै दुई दशकपछि हुन लागेकाले मतदाता मतदान गर्न निकै आतुर देखिएका थिए । निर्वाचनको समय बिहान ७ बजे भएपनि जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदाता बिहान ५ बजेदेखि नै लामबद्ध भएका देखिन्थे । दिउँसो गर्मी हुने भएकाले पनि अधिकांश मतदाता बिहानै मतदान केन्द्रमा पुगेका छन् ।

प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँच देखि बढीमा छजना कर्मचारी खटिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख आर्यालले बताउनुभयो । जिल्लाका स्थानीय तहमा २३१ वटा मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

जिल्लामा धनगढी उपमहानगरपालिका, टीकापुरनगरपालिका, लम्कीचुहा नपा, भजनी नपा, गौरीगङ्गा नपा, गोदावरी नपा, घोडाघोडी नपा, कैलारी गाउँपालिका, बर्दगोरिया गापा, चुरे गापा, मोहन्याल गापा, जानकीनगर गापा, र जोशीपुर गापासमेत १३ स्थानीय तह रहेका छन् ।

उक्त सबै तहका ६८९ पदका लागि जम्मा तीन हजार ४४६ जना चुनावी प्रतिस्पर्धामा छन् । कैलालीमा कुल चारलाख तीनहजार २८० मतदाता रहेकामा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता रहेका छन् ।

निर्वाचन आयोगले कैलाली जिल्लाका स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ४४ वटा चुनाव चिह्न समावेश गरिएको मतपत्रको व्यवस्था गरेको छ ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्था सुदृढ पारिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । रासस
उत्साहका साथ निर्वाचनमा होमिए पाल्पाली मतदाता
रामपुर (पाल्पा), १४ असार । झन्डै दुई दशकपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी हुने पाल्पाका मतदाता निकै उत्साहका साथ निर्वाचनमा होमिएका छन् । लामो समयदेखिको प्रतीक्षाको घडीमा रहेका यहाँका मतदाता मतदान गर्न आज बिहान ५ नबज्दै मतदान केन्द्रमा पुगेका छन् ।

आफ्नो मताधिकार प्रयोग गर्नका लागि निर्वाचनमा निकै उत्साहका साथ मतदान केन्द्रमा बिहानदेखि नै लाइनमा बसेका छन् । घरायसी काम चाँडै नै सकाएर बिहान ५ बजे नै मतदान केन्द्रमा आइपुगेको रामपुरकी शारदा रेग्मीको भनाइ छ । विगतका निर्वाचनमा भन्दा यस पटक धेरै रमाइलो लागेको उहाँले बताउनुभयो ।

अर्का ७० वर्षीय मतदाता लालबहादुर दिसुवा पनि बिहानदेखि मतदानका लागि मतदान केन्द्रमा आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीवनमा धेरै पटक धेरै जनालाई मतदान गरियो तर यसपटक विगतका निर्वाचनमा भन्दा निकै उत्साह बढेको छ, मतदान खेर नजाओस् भनेर पार्टीगत नभई सही र सक्षम उम्मेदवारलाई मतदान गर्ने तयारीमा छु ।”

उहाँले सात ठाउँमा पार्टीगत नभई विकासप्रेमी, असल नेतृत्वकर्ता, जुझारु नेतालाई मतदान गर्ने बताउनुहुन्छ । यस पटकको निर्वाचनले मतदानमा सहभागी हुने मतदातालाई मात्र होइन बालबबालिका, स्कुल पढ्ने विद्यार्थी पनि निकै उत्साहित बनेर मतदान केन्द्रको बाहिर लामबद्ध रुपमा हेर्न आउनेको जमात पनि छ ।

लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा गाउँका विकास निर्माणका कामले गति लिन नसकेको अवस्था छ । त्यसैले यस पटकको निर्वाचनपश्चात् पक्कै पनि गाउँको विकास निर्माणले मुहार फेर्ने आशामा आम मतदाता रहेका छन् । रासस

Logo