लहान, १३ असोज । सिरहाको भगवानपुर गाउँपालिकामा आज दिउँसो पतिले खुकुरी प्रहार गरी पत्नीको गरेको छ । घरायसी विवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका–१ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरी आफ्नी पत्नी २९ वर्षीया रामकला यादवको हत्या गरेको प्रहरीले जनाएको छ । "/>

खुकुरी प्रहार गरी पत्नीको हत्या

खुकुरी प्रहार गरी पत्नीको हत्या

केन्द्रबिन्दु
0
Shares

 

लहान, १३ असोज । सिरहाको भगवानपुर गाउँपालिकामा आज दिउँसो पतिले खुकुरी प्रहार गरी पत्नीको गरेको छ ।

घरायसी विवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका–१ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरी आफ्नी पत्नी २९ वर्षीया रामकला यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा बालकृष्णले प्रहार गरेको खुकुरी घाँटीमा लागेर रामकलाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

श्रीमतीको हत्या गर्ने बालकृष्णलाई पक्राउ गरिएको र रामकलाको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

श्रीमतीको हत्या गर्ने बालकृष्ण लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरी केही दिनअघि मात्र घर फर्केका थिए । दुई छोरी र एक छोराकी आमा रामकलाको बालकृष्णसँग करिब ९ वर्षअघि विवाह भएको थियो । रासस

Logo