गर्भवती सेरेनाद्वारा निर्वस्त्र फोटोसुट

गर्भवती सेरेनाद्वारा निर्वस्त्र फोटोसुट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ असार ।

पहिलोपटक गर्भवती भएकी अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले ‘भ्यानिटी फेयर’ म्यागजिनको कभर फोटो सुट निर्वस्त्र भएर गरेकी छिन् ।

गत वर्ष अष्ट्रेलियन ओपन खेल्ने क्रममै गर्भवती भएकी सेरेनाले उक्त कुरा सार्वजनिक गरे पनि पछि आफूलाई थाहा नभएको बताएकी थिइन् ।

२३ पटक विभिन्न ग्राण्ड स्ल्याम प्रतियोगिता जितिसकेकी सेरेनाले आफू आगामी वर्ष आयोजना हुने अष्ट्रेलियन ओपनका लागि तयार हुने बताएकी छिन् ।

रेडिट डटकमका एक संस्थापकका रूपमा रहेका एलेक्स ओहानियानसंग सेरेनाको पहिलो भेट फ्रेन्च ओपनको बेला एक रेष्टुरेन्टमा भएको थियो । त्यहींबाट उनीहरूबीच प्रेम मौलाएको थियो । तर सन् २०१६ को डिसेम्बरमा मात्र उनले प्रेमको प्रस्ताव राखेका थिए ।

सेरेनाले आफू १६ बर्षको हुँदा फोटो खिचाएका फोटोग्राफर एनि लिबोभित्जसंग नै यसपटक गर्भवती भएको फोटो सुट गरेकी हुन् । (एजेन्सी)

Logo