संसारकै सबैभन्दा भद्दा र नराम्रा कुकुर (फोटो फिचर)

संसारकै सबैभन्दा भद्दा र नराम्रा कुकुर (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ असार ।

स्विपी रेम्बो (२०१६) भद्दा नराम्रा कुकुर प्रतियोगिता–२०१५ मा दोस्रो स्थान हासिल गरेको यो १७ वर्षीय चाइनिज क्रेस्टेड कुकुर गत अक्टोबर २०१६ मा मर्यो । तर सोही वर्ष आफ्नो दुधालु दायाँ आँखा, ठुला कान र जिभ्रोले गर्दा पहिलो स्थान जित्न सफल भयो ।

क्वासी मोदो (२०१५) दश वर्षीय हन्चब्याक क्वासी मोदोले अन्य प्रतिस्पर्धी २६ वटा कुकुरलाई पछाडि पारेर ‘अग्लियेस्ट डग अफ दि वर्ल्ड’ को उपाधि जितेको थियो । यो कुकुर पिट बुल र डच शेफर्डको मिश्रण हो ।

पिनट (२०१४) दुई वर्ष पुगेको यो कुकुर आगलागीमा परेर बाँचेको हो । २०१४ को उपाधि विजेता यस कुकुरका मालिक होली च्यान्डलरले यसलाई पशु हिंसाका विरुद्ध पोस्टरका रूपमा प्रयोग गर्ने बताएका छन् ।

वेल (२०१३) असाधारण ठुलो टाउको, जुरो निस्केको जस्तो ढाड र हाँसजस्तै ढल्कँदै बिस्तारै हिँड्ने विशेषताले गर्दा यो चार वर्षीय कुकुरले २५औँ ‘वर्ल्ड्स अग्लियेस्ट डग कन्टेस्ट’ जितेको थियो । उसका मालिक ट्यामी बार्बीले भनेअनुसार, यस कुकुरको टाउको जहिले पनि उसको शरीरभन्दा ठुलो हुने गर्छ ।

मुग्ली (२०१२) नाममा त के नै पो हुन्छ र ? मुग्ली नाम भएको यस कुकुरको भद्दापन यसलाई हेर्दैमा झल्किन्छ । पहिले बेलायतको सर्वाधिक भद्दा कुकुरको उपाधि पाइसकेको यस आठ वर्षीय कुकुरले २०१२ मा भद्दापनको विश्व उपाधि पनि जित्यो । अमेरिकामा आयोजित प्रतियोगिता जितिसकेपछि कुकुरका मालिक बेभ निकोलसनले बेलायती झन्डा फहराएर राष्ट्रिय गर्व पोखेका थिए ।

योद्धा (२०११) तेइसौँ वार्षिक प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी यो १४ वर्षीया फिमेल कुकुरको उपाधि अवधि भने लामो रहेन किनभने प्रतियोगिता जितेको आठ महिनापछि नै उसको मृत्यु भयो ।

प्रिन्सेस एबी (२०१०) झट्ट हेर्दा कसैलाई ढोगभेट गर्न निहुरिएको जस्तो देखिए पनि यथार्थ त्यस्तो होइन । खासमा यो एक आँखे चिहुवाहुवा फिमेल कुकुरलाई ढाडसम्बन्धी समस्याले यस्तो भएको हो । यही समस्याले उसलाई प्रतियोगितामा जित पनि दिलायो ।

प्याबएसटी (२००९) बक्सर प्रजातिको कुकुरसितको मिश्रण रहेको यस चार वर्षीय प्याबएसटीले प्रतियोगिताको फेभरिट चाइनिज क्रेस्टेडलाई पछाडि छोड्दै पहिलो स्थान ओगटेको थियो ।

गस (२००८) यो कुकुरले आँखै झिम्क्याउन्न ! एउटा मात्र आँखा भएको यो चाइनिज क्रेस्टेड कुकुर अमेरिकी राज्य फ्लोरिडाको सेन्ट पिटर्सबर्गको हो । तीन खुट्टामा उभिएर उसले १६०० डलर नगद पुरस्कारसमेत लिएर फर्किएको थियो ।

एल्वुड (२००७) यो दुई वर्षे चाइनिज क्रेस्टेड कुकुरले प्रतियोगिता जितेपछि यसलाई केटाकेटीहरूको एउटा पत्रिकामा मुख्य पात्र बनाएर अमरत्व प्रदान गरिएको छ ।

आर्ची (२००६) के तपाईं त्यो जिब्राले आमालाई म्वाइँ गर्नुहुन्छ ? हो, उनलाई यो मन पर्छ । चाइनिज क्रेस्टेड र चिहुवाहुवाबीचको मिश्रण यो कुकुरको दाँत छैन । मालिक हिदर पिपल्सले उनलाई मर्नै लागेको अवस्थाबाट बचाएका हुन् ।

स्याम (२००३–२००५) आँखाले देख्न नसक्ने यस चाइनिज क्रेस्टेड कुकुरले लगातार तीनपटक सबैभन्दा भद्दा कुकुरको विश्व उपाधि जितेको हो । यसलाई क्यालिफोर्नियाका व्यक्तिले उद्धार गरिल्याएर पाल्न थालेका थिए ।

रास्कल (२००२) वंशानुगत भद्दापन ! यस चाइनिज क्रेस्टेड कुकुरको हजुरबाले भद्दा कुकुरसम्बन्धी विभिन्न आठवटा उपाधि जितेको हुँदा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम र तस्बिर दर्ज छ ।

स्रोत – पिपल म्यागेजिन/एमएसएन

Logo