ब्याक सिटमा सेक्स गर्दा–गर्दै कार दुर्घटना, १ को मृत्यु

ब्याक सिटमा सेक्स गर्दा–गर्दै कार दुर्घटना, १ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैंकक :  यात्रुले ब्याक सिटमा सेक्स गर्दै गरेको अवस्थामा थाइल्यान्डमा डरलाग्दो कार दुर्घटना भएको हुनसक्ने आशंका उद्धारकर्मीहरुले गरेका छन्।  । स्थानीय समयअनुसार बुधबार बिहान १ बजे भएको यस दुर्घटनामा एक आईरिसको ज्यान गएको थियो ।
३९ वर्षीय पूर्व शिक्षक जोन मालोनको  सुजुकी कार लिएर घुम्न निस्किएका बेला थाइल्यान्डको चियाङ राई सडकमा मृत्यु भएको हो । पूरै स्पिडमा रहेको उनको कारले बुधबार बिहान १ बजे नियन्त्रण गुमाएपछि थाइल्यान्डको सडकपेटीमा ठक्कर दिएको थियो । त्यसपछि निरन्तर घुमेको कारको सिसा फुटेको तथा कार ड्यामेज भएको सीसीटिभी फूटेजमा देखिएको छ ।

उद्धारकर्मीहरुका अनुसार घटनापछि मालोन कारबाट पछाडीको सिटमा अर्धनग्न अवस्थामा भेटिएका थिए । उनीसँगैको अर्को सिटमा नग्न अवस्थाकी एक थाई महिला थिइन् ।

उद्धारकर्मीहरुका अनुसार सानो निलो टिसर्ट लगाएका मालोनको मृत्यु भयो । त्यस्तै प्यासेन्जर सिटबाट नग्न अवस्थाकी थाई महिलाको उद्धार गरियो । उनीहरु दुबैले सिट बेल्ट बाँधेका थिएनन् ।

गाडी चलाइरहेका पूरुष चालकले भने पूरै कपडा लगाएका थिए । त्यस्तै गाडीको फ्रान्ट सिटमा अर्की एक थाई महिला थिइन् । पछाडिको सिटमा नग्न अवस्थामा रहेकी थाई महिलासहित अगाडीको सिटमा रहेका ३ जना घाइते भए ।

यस घटनापछि उद्धारकार्यमा खटिएको सिमाया रुआम नामक फाउन्डेसनका अनुसार प्रहरी अधिकारीहरुले घटनाको छानविन गरिरहेका छन् । ‘एक विदेशीको यस दुर्घटनामा मृत्यु भयो । हाम्रा कर्मचारीहरुले दुर्घटनापछि सबैलाई बाहिर निकाले । घाइतेको प्राथमिक उपचार गरेर अस्पतालमा पठाइयो,’ फाउन्डेशनका प्रवक्ताले भनेका छन् ,‘कालो सुजकी स्विफ्ट काम पूरै स्पिडमा थियो । हामीलाई लागेको छ कि मृतक पूरुषले कारमा सेक्स गरिरहेका थिए । त्यहाँ ३ जना थाई तथा एक विदेशी पूरुष थिए । विदेशी पूरुषको मात्रै मृत्यु भयो । चालक बेहोश अवस्थामा थिए । अरु घाइते मात्रै भए ।’

घटनापछि घाइते भएका चालक र अगाडिको सिटमा रहेकी थाई महिलाको अवस्था गम्भीर रहेको बताइएको  छ । मलोन यसअघि वर्षौसम्म थाइल्यान्ड, लाओस र म्यानमारको सीमानामा पर्ने सानो शहर चियाङ राईस्थित द लर्निङ सेन्टरमा शिक्षक थिए ।

मलोनको मृत्युपछि द लर्निङ सेन्टरले शोक लागेको जनाएको छ । ‘हामीले हाम्रा एक प्रिय शिक्षक गुमाएका छौं । जोन सधैं हाँसिरहने व्यक्ति थिए । उनी सधैं हाम्रो हृदयमा रहनेछन् । श्रद्धान्जली जोन,’ लर्निङ सेन्टरले निकालेको विज्ञप्तिमा भनिएको छ । आयरल्यान्डस्थित विदेश विभागका प्रवक्ताले यस घटनाको पुष्टि गरेका छन् ।

Logo