मोदीले दिए ट्रम्पकी श्रीमतीलाई सल र चाँदीको ब्रासलेट

मोदीले दिए ट्रम्पकी श्रीमतीलाई सल र चाँदीको ब्रासलेट

केन्द्रबिन्दु
0
Shares

एजेन्सी १३ असार २०७४ ।

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। २० मिनेटसम्म चलेको भेटका क्रममा दुई देशको विकास यात्रामा एकले अर्कालाई सहयोग गर्ने विषयमा वार्ता भएको थियो।

यसअघि ट्रम्प र अमेरिकी फस्ट लेडी मेलानिया व्हाइट हाउसमा मोदीको प्रतिक्षामा थिए। मोदीले फस्ट लेडी मेलानियालाई मह, चाँदीको ब्रसलेट र सल गिफ्ट दिएका थिए।

उनले सन् १९६५ मा अब्राहम लिंकनको निधनपछि जारी गरिएको एउटा हुलाक टिकट पनि ट्रम्पलाई दिए। ट्रम्पले व्हाइट हाउसमा अब्राहम लिंकनले लेखेको चर्चित भाषण गेटिसवर्ग स्पीचको कपी तथा त्यस भाषण लेख्ने क्रममा लिंकन बसेको डेस्क समेत देखाएका थिए।

‘सरकार, जनताको, जनताका लागि र जनताद्धारा शासन’ भन्ने लिंकनको विश्वप्रसिद्ध भाषण गेटिसवर्ग स्पीचमा संग्रहित छ।

Logo