बेइजिङ, १३ असार । जेलमा हुदै नोबेल शान्ति पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि रिहा गरिएकोे छ । "/>

नोबेल पुरस्कार विजेता लिउ उपचारका लागि रिहा

नोबेल पुरस्कार विजेता लिउ उपचारका लागि रिहा

केन्द्रबिन्दु
0
Shares

 

बेइजिङ, १३ असार । जेलमा हुदै नोबेल शान्ति पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि रिहा गरिएकोे छ ।

गत मे महिनाको २३ तारिखमा उनको कलेजोको उपचारको क्रममा उनलाई क्यान्सरको समस्या देखिएको थियो ।

कलेजोको क्यान्सरबाट पिडित उनलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त भएका उनका वकीलले एएफपीलाई सोमबार जानकारी दिए ।

लिउलाई चीनमा मानव अधिकारका लागि लामो र अहिंसात्मक सङ्घर्ष गर्दै प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानका लागि सन् २०१० को नोबेल पुरस्कार प्रदान गरिएको थियोे ।

लिउका लागि ११ बर्ष जेल सजाँय तोकिएकोमा उनले अहिले सम्म ३ बर्ष मात्रै जेलअवधि पुरा गरेका छन् ।

लोकतन्त्रको पक्षका जुझारु अभियन्ता लिउलाई यसअघि देखि नै उत्तरपूर्वी शहर शेन्याङमा रहेको एक अस्पतालमा उपचार गराइएको छ ।

“उहाँसँग कुनै विषेश योजना छैन, केबल आफूलाई लागेको रोगको उपचार गर्नुहुनेछ,” उनका वकील मो साओपिङले भने ।

अन्तर्राष्ट्रिय समुदायले ६१–बर्षीय लिउलाई केही बर्षदेखि जेलमुक्त गर्न आह्वान गरिरहेका थिए ।

उनी सन् २००९ देखि जेल जीवन बिताइरहेका थिए र जेलमै रहेका वेला एक बर्षपछि पुरस्कृत भएका थिए । रासस/सिन्ह्वा

Logo