आईएसको कब्जाबाट छुटेका यी महिला, जसले बनाए छुट्टै बिग्रेड

आईएसको कब्जाबाट छुटेका यी महिला, जसले बनाए छुट्टै बिग्रेड

केन्द्रबिन्दु
0
Shares

आईएसआईएसको कब्जाबाट छुटेका थुप्रै महिलामध्ये ५ सय महिलाले यस आतंककारी संगठनलाई समाप्त गरिछाड्ने अठोट व्यक्त गरेका छन् ।

उनीहरुले यस्तो अठोट गर्दै फोर्स अफ द सन लेडीज नामक एक महिला बिग्रेड बनाएका छन् । उनीहरुले कुर्दिश लडाकूसँग मिलेर छिट्टै नै इराकी शहर मोसुललाई आईएसआईएसको कब्जाबाट छुटाउने दाबी गरेका छन् । सन् २०१४ मा यि महिलाहरु आईएसको कब्जाबाट भागेका थिए ।

कब्जामा छदाँको पिडा

–आतंककारीहरुले उनीहरुलाई यौन सामाग्रीका रुपमा प्रयोग गरेको महिलाहरुको भनाई छ । थुप्रै महिला यस क्रममा गर्भवती भएका थिए ।

– सन् २०१४ मा आईएसआईएसले मोसूल शहर कब्जामा लिएको थियो ।

– इसपछि इराकी सेनाले कुर्दिश लडाकूसँग मिलेर फेरि यस शहरलाई नियन्त्रणमा लियो ।

– तर अहिले फेरि मोसूलसहित इराकका  थुप्रै शहर आईएसको कब्जामा छन् ।
५ हजार यजीदियो अपहरणमा परेका थिए ।

– अगस्ट २०१४ मा आईएसआईएसले सिन्जार सूबेमा आक्रमण गरेर झन्डै ५ हजार यजीदियोलाई अपहरण गरेको थियो । – यसमा पूरुषसँगै महिला तथा युवती र बालिकाहरु प्नि थिए । अपहरणपछि झन्डै २  हजारजना आतंककारीको कब्जाबाट भाग्न सफल  भए । बचेँका थुप्रै युवतीहरुले आतंककारीले गर्ने निमर्म व्यवहारका विषयमा मुख खोलिसकेका छन् ।

Logo