सिंगो गाउँमा १७ भोट, सदरमुकामबाट ३ दिन लाग्छ गाउँ पुग्न

सिंगो गाउँमा १७ भोट, सदरमुकामबाट ३ दिन लाग्छ गाउँ पुग्न

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ ।

बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् । आजको कान्तिपुरमा खबर छ ।

वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ ।

यो गाउँ पुग्न ताप्लेजुङ सदरमुकामबाट तीन दिन हिड्नुपर्ने बाध्यता छ ।

फोटो : आनन्द कान्तिपुर

Logo