बेलायतका नदीहरुमा रगत चुस्ने माछाको संख्या बढ्दै

बेलायतका नदीहरुमा रगत चुस्ने माछाको संख्या बढ्दै

केन्द्रबिन्दु
0
Shares

एजेन्सी १२ असार ।

बेलायतका पोखरीहरुमा रगत चुस्ने माछाको संख्या बढ्दै गएपछि खुला पोखरी तथा नदीहरुमा पौडी खेल्नेहरु खतरामा परेका छन् । लाम्प्रेज नाम माछाहरुको संख्या बेलायतका नदीहरुमा बढ्दो छ । त्यसकारण अहिले पौडी खेल्नेहरु ३ देखि ४ फिट लामो माछासँग त्रसित छन् । यस माछाले मानिसलाई आक्रमण गर्ने गर्छ । यस माछाको आहार अन्य माछा समेत हुन् ।

यस माछाले टोकेर रगत चुस्ने भएका कारण बेलायतका पौडी सम्बन्धी वेभसाइटहरुमा यस्ता माछाबाट सावधान रहन सूचना जारी गरिएको छ । वेभसाइटमा लेखिएको छ –‘प्राचिन, नराम्रो प्राणी लामप्रेज बेलायतका नदिहरुमा फर्किएको छ ।’

वाइल्ड स्विमर माट क्लार्कले ग्रेट ओयूजमा पौडदैँ आएका थिए । ओलने बुकिंगह्याम्सहायरबाट बग्ने यो नदीमा पौडी खेल्दै आएका क्लार्कले इटिभीमा प्रस्तुत भएको वृत्तचित्र हेरेपछि सावधान भएको बताएका छन् । ३१ वर्षका मिल्टन किनेसलाई केही समयअघि लाम्प्रेजले आक्रमण गरेको थियो ।

उनको घाँटीमा टाँसिएर लाम्प्रेजले रगत चुस्यो । बेलायतमा लाम्प्रेज संरक्षण गरिएको प्रजाती हो । सन् ११३५ मा बेलायतका राजा हेनरी फस्टको निधन लाम्प्रेजकै मासु खाएका कारण भएको मानिन्छ । फुड प्वाईजनका कारण उनको निधन भएको थियो ।

 

Logo