२ बच्चाकी आमाको बस्यो नाबालिगसँग प्रेम, जन्माइन् छोरा

२ बच्चाकी आमाको बस्यो नाबालिगसँग प्रेम, जन्माइन् छोरा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी १२ असार २०७४ चाहे कुमारी केटीसँग होस् वा २ वर्षकी आमासँग नै किन नहोस् ? प्रेम बसेपछि कसले रोक्न सक्छ । ब्रिटेनको डरहाम सिटी बस्ने क्याथलिन मार्टिनको जीवनमा यस्तै भयो । उनलाई १६ वर्ष उमेरका एक नाबालिगले प्रेम गर्न थाले । २०१५ मा आफ्ना श्रीमान्सँग डिर्भोस गरेपछि सिंगल गरेकी क्याथलिन पनि बिस्तारै यी नाबालिगसँग प्रेममा परिन् । क्याथलिनका २ छोरा छन् । ठूलो छोरा ५ र सानो छोरा ३ वर्षका छन् । फेसबुकमा भेटिएका १६ वर्षका ज्याक कुसाइल नामक नाबालिगसँगको शारिरीक सम्बन्धपछि क्याथलिनले अहिले अर्को बच्चा जन्माएकी छिन् । नवजात शिशु ९ महिनाका भए । कसरी भेटियो ? फेसबुकमा साथी बनेपछि उनीहरुबीच निरन्तर च्याट हुन्थ्यो । एकदिन क्याथलिनले ज्याकलाई घरमा बोलाइन् । त्यसपछि उनीहरुको निरन्तर भेट हुन थाल्यो । क्याथलिनका अनुसार ज्याकसँग पहिलो भेटमै उनको प्रेम बसेको थियो । क्याथलिनका अनुसार सम्बन्धबारे थाहा पाएपछि ज्याककी आमा निकै रुष्ट भइन् । तर क्याथलिनको पेटमा ज्याकको बच्चा छ भन्ने थाहा पाएपछि उनले दुर्ब जनाको सम्बन्धलाई स्विकार गरिन् । अहिले ज्याक १८ वर्षका भए र दुबै खुसी छन् ।  

Logo