ओलम्पियन भारत्तोलक सुनील जोशीको निधन

ओलम्पियन भारत्तोलक सुनील जोशीको निधन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ११ असार ।

नेपाली खेलकुद क्षेत्रका एक चिरपरिचित हस्ती भारत्तोलक सुनीललाल जोशीको निधन भएको छ । दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी पदक जित्ने नेपाली खेलाडी जोशी ५२ वर्षका थिए ।

गए साता हृदयाघातका कारण राती उनलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि केही समयका लागि स्वास्थ्य लाभ गरेर उनी घर फर्किएका थिए ।

सुनील पहिलोदेखि सातौ दक्षिण एसियाली खेलकुद (साग) मा गरी कुल १५ पदक जितेका थिए । उनी विभिन्न संस्करणका समग्र साग गेम्समा सर्वा्धिक पदक जित्ने नेपाली खेलाडी हुन् ।

आफ्नो खेल जीवनमा पटकपटक नेपालकै बलियो व्यक्ति ( स्टगेस्ट पर्सन) को उपमा पाएका जोशीले आफूले सहभागिता जनाएका साफ गेम्समा ६ रजत र ९ कास्य समेत कुल १५ पदक जितेका थिए ।

सुनीलको निधनमा उनका निकटवर्ती साथी खेलाडी उसु प्रशिक्षक चन्द्र लामाले अमेरिकाबाट केन्द्रबिन्दु डट कमसित कुराकानी गर्दै सुनीलको असामयिक निधनले अमेरिकामा भएका आफूह स्तब्ध भएको बताए । उनले भने, “मलाई त विश्वास नै भइरहेको छैन सुनील  अब हामीबीच रहेन भनेर । हामी प्रतियोगिाताहमा जाँदा सधैँ एकसाथ हुन्थ्यौँ । सुनील बहुत माइ डियर मान्छे थियो, कहिल्यै रिसाउन नजान्ने । सधैँ हाँसीखुसी रहनुपर्ने ।

Logo