४ सय ४० पाउन्डको सार्कले डुङ्गामा आक्रमण गर्यो, तर ज्यान जोगाए ७३ वर्षका माझीले

४ सय ४० पाउन्डको सार्कले डुङ्गामा आक्रमण गर्यो, तर ज्यान जोगाए ७३ वर्षका माझीले

केन्द्रबिन्दु
0
Shares

लन्डन : अजङ्गको सेतो सार्क ७३ वर्षका एक माझीको डुङ्गाभित्र छिर्यो। तर माझीले हरेश खाएनन् र यो कहानी सुनाउन पाए। अस्टे«लियाका टेरी सेलउड त्यही समून्द्रमा डुङ्गा चलाउँदै थिए जहाँ उनले विगत ५० वर्षदेखि माछा मार्दै आएका छन् । शनिबार ७ फूट लामो, ४ सय ४० पाउन्ड ओजन भएको सार्कले एकाएक उनको डुङ्गामा आक्रमण गर्यो। ‘मेरो आँखाले धमिलो रुपमा यो घटना देख्यो। त्यसपछि डुङ्गा घुम्यो,’ घटनाबारे सेलउड भन्छन्,‘मेरा डुङ्गामा अजङ्गको सार्कले धावा बोलेको थियो।’ सार्कले उनलाई टोक्यो। उनीको छालामा सानो घाउ लागेको छ। ‘यो पूरै नाटकिय घटना थियो,’ एनबीसी न्युजसँगको टेलिफोन कुराकानीमा उनले भनेका छन्,‘यो घटना सुनाउँदा समून्द्रमा खटिएका गार्डहरुले पत्याएनन्।’ उद्धारका लागि जाने डुङ्गाका कप्तान बिल बेटस्ले एनबीसी न्यूजसँगको कुराकानीमा यो घटना अचम्मलाग्दो भएको बताएका छन्। ‘हामीले यस क्षेत्रमा थुप्रै सार्क भेट्छौं। तर डुङ्गामा यसरी हामफाल्ने सार्क भेटिएको छैन्।’ सार्कसँगको यस्तो भिडन्तपछि पनि सेलउडले माछा मार्ने काम जारी नै राख्ने प्रतिक्रिया दिएका छन्। ‘मलाई लाग्छ अर्कोपटक म गोहीसँग रेस्लिङ खेलिरहेको हुन्छु। अस्तित्वमा रहनका लागि,’ ठट्टा गर्दै सेलउडले भने।

Logo