स्थानीयस्तरको प्रतिबन्धदेखि राष्ट्रिय हिरोसम्म, पाकिस्तानी ब्याट्सम्यान फकर जमानको कथा

स्थानीयस्तरको प्रतिबन्धदेखि राष्ट्रिय हिरोसम्म, पाकिस्तानी ब्याट्सम्यान फकर जमानको कथा

केन्द्रबिन्दु
0
Shares

इस्लामावाद : फकर जमानमाथि कुनै समय गाउँमा क्रिकेट खेल्न प्रतिबन्ध थियो । उनका दाजुले उनलाई पटक–पटक पिट्ने गर्थे किनकी उनी राम्रो खेल्थे ।
यी सबै अवस्थाबाट गुज्रिएका फकरको अहिले विश्वभर चर्चा छ । च्याम्पियन्स ट्रफी क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका फरक अहिले पाकिस्तानका हिरो हुन्। अग्ला कदका २७ वर्षीया फकर च्याम्पियन्स ट्रफी जितेपछि उत्तरपश्चिम पाकिस्तानस्थित आफ्नो गृहनगर काटलाङ फर्किएका मात्रै के थिए, उनलाई हेर्न हजारौं समर्थकहरुको भीड लागिहाल्यो। फूलमालामा सजिएर फकरले खिचेको सेल्फी अहिले चर्चामा छ ।
भारतको फाइनलमा विरुद्ध १ सय ६ बलमा १ सय १४ रन प्रहार गर्दै पाकिस्तानलाई जित दिलाएपछि क्रिकेट दुनियाँ चर्चाको विषय बनेका फकरले अझै आफ्नो बाल्यकाल नबिर्सिएको बताएका छन् ।
‘मैले त्यतिबेला धेरै सोच्न पाइँन,’ लण्डनस्थित ओभलमा भएको फाइनल खेलबारे फकरले एएफपीसँग भनेका छन्,‘ त्यसपछि म घर आएँ । मानिसहरु मेरो घर आउन थाले । उनीहरुले धेरै माया दिए । त्यसपपछि मलाई लाग्न थालेको छ । मैले केही राम्रो गरे‘ ।’
च्याम्पियन्स ट्रफी खेल्ने आठ राष्ट्रमध्ये पुछारमा रहेको पाकिस्तानले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्यो । पाकिस्तानले भारत विरुद्ध ३ सय ३८ रन बनाएको थियो । जसमा फकरको पहिलो अन्तर्राष्ट्रिय शतक समावेश थियो । यो उनको चौथो एकदिवसीय खेल थियो । यसअघि उनले दक्षिण अफ्रिका विरुद्धको खेलमार्फत यही प्रतियोगिताबाट डेब्यु गरेका थिए ।
फाइनलमा गरेको प्रदर्शन लगत्तै समाजिक सञ्जालमा उनी भाइरल बने । तर यहाँसम्म आइपुग्न सहज अवश्य थिएन । उनले कहिल्ये यस्तो खेलका बारेमा सोचेका थिएनन् । कुनै समय यस्तो पनि थियो जतिबेला स्थानीय स्तरमा हुने क्रिकेटमा फरकलाई समावेश गराउन पाइन्न थियो ।
‘स्कुलमा छदाँ मैले एक वा दुई हार्ड–बल म्याचहरु खेलेको थिएँ । केही रन बनाएको थिएँ । म पूरै क्षेत्रमा चर्चित भएँ । त्यसपछि मानिसहरु भन्थे,‘फरक हार्ड– बल प्लेयर हुन् । उनीसँग कहिल्यै नखेल्नु ,’ पुराना घटनाबारे फकरले भने ।
फकरका जेठा दाजू आसिफले बाल्यकालमा भाईलाई क्रिकेट खेलेको भन्दै कुट्ने गरेको अनुभव सुनाए । ‘तर उसले कहिल्यै क्रिकेट खेल्न छाडे । आज उ हिरो भयो । हाम्रा लागि भगवान् भयो ,’ आसिफले भने ।

जससेनाको कमाण्डो बन्ने सपना
फकर राम्रो क्रिकेट खेल्थे । तर उनको सपना व्यवसाहिक क्रिकेटर बन्ने थिएन । उनले स्थानीय क्लबबाट क्रिकेट खेल्नेसम्म सोचेका थिए । राष्ट्रिय टोलीबाट खेल्छु भन्ने चिताएका थिएनन् किनकी उनको सपना पाकिस्तानी जलसेनाको कमान्डो बन्ने थियो । ‘पाकिस्तानी नेभीमा आबद्ध हुनु नै मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो,’ उनले भने ।
चालकका रुपमा जलसेनामा आबद्ध भएका फकरले सैनिक स्तरीय प्रतियोगितामा सहभागिता जनाउन थाले । प्रशिक्षक नाजिम खानले उनको प्रतिभा चिनिहाले । त्यसपछि उनलाई सैनिकको जागिर छाडेर क्रिकेटमा केन्द्रित हुन प्रेरित गरे ।
‘उनले भन्ने गरेका थिए । तिमी माथिल्लो स्तरमा क्रिकेट खेल्न सक्छौ,’ फकरले विगत संझिए । ५ वर्षसम्म फकरले घरेलु प्रयितोगिता खेले । तर पाकिस्तानी सुपर लिग टी–२० प्रतियोगितामा लाहोर क्वालान्डर्सबाट उत्कृष्ट प्रदर्शन गरेपछि बल्ल छनोटकर्ताहरुको आँखा उनमा पर्यो ।
गत मार्चमा पाकिस्तानले वेस्ट इन्डिज टुर गर्दा टी–२० टोलीमा फकर समावेश भए । तर उनको प्रदर्शन राम्रो भएन । २ इनिङ्गसमा उनले केवल २६ रन बटुले । यसपछि उनी च्याम्पियन्स ट्रफी खेल्ने टोलीमा समावेश भए ।
सुरुआती खेलमा अनुभवी ओपनर अहमद सेहजादले भारत विरुद्ध राम्रो खेल्न सकेनन् । पाकिस्तानले खेल हा¥यो । फकरले मौका पाए ।
दक्षिण अफ्रिका विरुद्ध पाकिस्तानलाई जित दिलाउने क्रममा फकरले महत्वपूर्ण ३१ रन बनाए । त्यसपछि श्रीलंका विरुद्ध जित दिलाउने क्रममा उनले अर्धशतक प्रहार गरे । पाकिस्तान सेमिफाइनलमा पुग्यो । इङल्यान्ड विरुद्ध उनले फेरि अर्धशतक प्रहार गरे ।
फाइनलमा भारत विरुद्ध शतक प्रहार गर्दै पाकिस्तानलाई सन् १९९२ को विश्वकपपछि पहिलोपटक आईसीसीको आयोजनामा हुने आधिकारीक एकदिवसीय प्रतियोगिताको उपाधि जिताए ।
सफलतापछि अब विश्राम लिने फकरको कुनै योजना छैन् । न त जलसेनाको कमाण्डो बन्ने सपना नै बाँकी रह्यो । उनी लामो समय पाकिस्तानबाट क्रिकेट खेल्ने योजनामा छन् ।
डन न्यूजबाट

Logo