मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ : ट्रम्प

मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ : ट्रम्प

केन्द्रबिन्दु
0
Shares

मेक्सिको सिटी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको संसारकै दोस्रो ठूलो हिंसाजन्य देश भएको आरोप लगाएका छन् । उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत यस्तो आरोप लगाएका हुन् ।
हालै लन्डनबाट सम्प्रेसित एक रिपोर्टले सन् २०१६ मा सिरियापछि मेक्सिकोमा सबैभन्दा धेरै मानिस मारिएको तथ्याङक सार्वजनिक गरेको थियो । तथ्याङक सार्वजनिक भएपछि ट्रम्पले ट्वीटरमा मेक्सिकोमो विरोध गरेका हुन् ।

‘मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन्,’ शुक्रबार ट्रम्पले ट्वीट गरेका छन् । मेक्सिकोमा लागू औषधका कारण वर्षेनी त्यतिधेरै संख्यामा नागरिकको ज्यान जाने गरेका कारण उनले अमेरिकाले मेक्सिकोको सीमानामा पर्खाल निर्माण गर्ने उल्लेख गरेका छन् ।
‘ हामीले पर्खाल लगाउछौं । कुनै पनि हालतामा हामीले सीमामा पर्खाल ठड्याउछौँ । यस विषयमा मेक्सिको सरकारले कुनै पनि प्रतिक्रिया दिएको छैन ।

Logo