केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ असार ।

दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहकाो निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले ‘मधेस केन्द्रित विशेष अभियान’ सुरु गरेको छ । "/>

चुनावबारे अखिलको ‘मधेस केन्द्रित विशेष अभियान’ 

चुनावबारे अखिलको ‘मधेस केन्द्रित विशेष अभियान’ 

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ असार ।

दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहकाो निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले ‘मधेस केन्द्रित विशेष अभियान’ सुरु गरेको छ ।

देश तथा जनताको पक्षमा नेकपा एमाले लिएको नीतिबारे आम नागरिकलाई सूसुचित गराउने उद्देश्यले सो अभियान सुरु गरिएको हो ।

पार्टीको स्थापनाकालीन समयदेखि नै मधेसी जनताको साथ सहयोग प्राप्त गरेको तथा प्रजातन्त्र स्थापनाका लागि मधेसमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको विषयमा मधेसका जनतालाई अभियानअन्तर्गत घरदैलो गरी बुझाइने पार्टीका सचिव आरसी लामिछानेले जानकारी दिए ।

संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्ने तथा आवश्यक विधि र प्रक्रियाबाट समयसापेक्ष रुपमा संविधान संशोधन गर्नुपर्ने अडान लिँदै आएको एमालेले विगतमा संविधान निर्माण र जारी गर्दाका क्रममा निर्वाह गरेको भूमिकालाई पनि विभिन्न माध्यमबाट स्थानीय जनतालाई जानकारी गराइने छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधि सुरु नहुन्जेलसम्म चुनाव हुन लागेका मधेसका सबै क्षेत्रमा सो अभियान केन्द्रित हुनेछ ।

Logo