जहाँ उमेर नपुग्दै जबर्जस्ती बिहे गर्नुपर्छ

जहाँ उमेर नपुग्दै जबर्जस्ती बिहे गर्नुपर्छ

केन्द्रबिन्दु
0
Shares

नाइजर – बालकिशा चाइबूले डाक्टर बन्ने सपना देखेकी थिइन् । तर १२ वर्षको उमेर नपुग्दै उनको जीवनमा स्तब्धकारी घटना घट्यो । उनले पत्तो पाइन् कि नाताले दाई पर्नेसँग विवाह गर्ने सहमति उनको परिवारले उनी जन्मदै गरेको थियो । १२ वर्षको उमेरमै उनले आफ्नो अधिकारका लागि लड्ने निर्णय लिइन् । त्यसका लागि आफ्नै परिवारलाई अदालतमा पु¥याउन समेत उनी पछि परिनन् ।

‘म स्कुलबाट आउँदै थिए र आमाले बोलाउनुभयो । समूहमा आएका पाहुनामध्ये एकतर्फ इंकित गर्दै उहाँले भन्नुभयो । तिम्रो विवाह उसँग हुनेछ ।’– बालकिशाले पुराना घटना कोट्याइन् –‘मलाई सुरुआतमा उनले जोक गरेजस्तो लाग्यो । तर उनले लगत्तै भनिन् जाउ र कपाल मिलाएर आउ । त्यसपछि मैले बुझे ।’ गरिब अफ्रिकी राष्ट्र नाइजरकी चाइबूले सधैँ महत्वाकांक्षी रहिन् । सेतो कोट लगाएर पिडामा छट्पाइरहेकाहरुको घाउमा मल्हम लगाउने उनको सपना थियो । विवाह गर्नु सपनाबाट एकाएक व्यूझँनु थियो । विगत ंसंझदै चाइबूले भन्छिन्–‘उनीहरुले पहिल्यै भनेका थिए विवाहपछि पढ्न पाइदैँन । तर म पढ्न चाहन्थे । त्यसैले त्यो यूवकसँग मेरो सम्बन्ध टिक्दैन भन्ने मैले महसूस गरे ।’

नाइजर बालविवाहको मामिलमा संसारमै पछाडी रहेको देश हो । संयुक्त राष्ट्रसंघको पपुलेशन फन्डकी नाइजरस्थित प्रतिनिधि मोनिका क्लेस्का भन्छिन्–‘ यदी मैलेँ धेरै बच्चामध्ये एउटाको बिहे गरिदिएँ भने कम्तिमा पनि एउटालाई पाल्नुपर्दैन भन्ने मनोविज्ञानले यस क्षेत्रमा काम गर्छ ।’

बालकिशा चाइबूका आमा–बाबुसँग ५ छोरीहरु थिए । त्यसैले बालकिशालाई विवाह गरिदिनु भनेको उनीहरुको परिवारमा एउटा बोझ घट्नु थियो । नाइजरमा बच्चामै विवाह गरिदिदाँ छोरीहरु कुमारी अवस्थामै गर्भवती हुने संभावनाबाट बच्न सकिन्छ भन्ने मनोविज्ञानले पनि काम गर्छ ।

चाइबूकी आमा हाजिदा अल्माहामोउड भन्छिन्–‘ बाल्यकालमै विवाह गरिएन भने मानिसहरुले समाजका सामू अपहेलित हुनुपर्छ । त्यसैले बाल्यकालमै धेरैको विहे हुन्छ ।’ विवाह गर्न इन्कार गरेपछि चाइबूकीले आफ्नो पढाईलाई निरन्तरता दिइन् । तर बेहुलासँग ठट्टा गरेको भन्दै उनलाई धम्की आउन थाल्यो । जब उनी १६ वर्षकी भइन् । एकदिन उनको घरमा बहुलीको सामान आइपुग्यो । सुटकेशमा बेहुलीका लागि आवश्यक पर्ने ऋंगार सामाग्री थिए । ‘त्यतिबेला मेरो चित्त धेरै दुखेको थियो । मैले गर्न खोजेको काम समाज र मानिसहरुलई मन परेको थिएन ।’– चाइबू भन्छिन् । तर उनले धैर्यता कायमै राखिन् र साहस बटुलेर फेरि प्रस्ताव इन्कार गरिन् । उनी आमालाई छोरीले किन बिहेको प्रस्ताव लत्याइन् भन्ने थाहा थियो । तर उनले छोरीलाई कुनै सहयोग गर्न सकिनन् । चाइबू आफैले आफ्नो बाबुसँग बिहे गर्न तयार रहेको तर तत्कालका लागि विहेको समयमा मात्रै श्रीमान्सँग भेट्ने र पढाई पुरा भएपछि एकसाथ बस्ने प्रस्ताव साहसपूर्वक राखिन् ।

स्थानिय परम्पराअनुसार आफ्ना भाईका छोराछोरीहरुप्रति जेठो दाजूको अधिकार रहन्छ । त्यसैले उनको दुलाहा बाबु अर्थात उनका ठूलोबुबाले उनीमाथि अधिकार जमाउन खोज्दै थिए । हुनेवाला ससूरालाई बुढ्यौलीले छोइसकेको थियो , त्यसैले चाइबूका आकांक्षाहरु सुन्न उनी तयार भएनन् र बिहेको तयारी थाले । निकै चिन्तित देखिएकी चाइबूले आफ्ना स्कुलका प्रिन्सिपल मोउमोउनी हारोउनासँग सहयोगका लागि अपिल गरिन् । उनले सेन्टर फर जुडिसियल असिस्टेन्स एन्ड सिभिक एक्सन नामक एनजीलाई चाइबूको समस्इाका विषयमा बताए । त्यसपछि यो एनजीओले चाइबूका बाबु र उनका ठूलो बुबालाई विवाहका लागि जर्बजस्ती गरेको आरोपमा मुद्धा लगायो ।

अदालतमा चाइबूका ठूलो बुबाले चाइबूले लगाएका आरोप निराधार रहेको बताए । उनले चाइबूले राम्रोसँग नबुझेको र यस्तो जर्बजस्ती गर्न नचाहेको बयान दिएपछि मुद्धा टुंगियो । तर घर फर्कदा चाइबूलाई ठूलो बुबाले ज्यान मार्ने धम्की दिए । ‘उनले मलाई बुहारी बनाएर लैजान नपाए मारेर मेरो लाश एउटा झोलामा बोकेर भएपनि नाइजेरिया लान्छु भने ।’– चाइबू भन्छिन् । यस धम्कीपछि चाइबूले घर छाड्नि र एउटा महिला सेल्टरमा शरणार्थीका रुपमा जीवनयापन गर्न थालिन् । ‘म यहाँ पहिलो रात बस्दा निन्द्रा नै लागेन । म मेरा बाबु आमाका सम्बन्धाम सोचिएको थियो । मलाई थाहा थियो कि ठूलो बुबाले म मेरा बाबु आमाको बेइज्जत गर्नेछन् र उनीहरुलाई पनि ज्यान मार्ने धम्की दिनेछन् ।’

चाइबूले अनुमान लगाएभन्दा परिस्थिती फरक बन्यो । जेल जानुपर्ने डरका कारण बेहुला पक्ष नाइजेरिया फर्कियो । चाइबू एक हप्तापछि शरणार्थी शिविरबाट घर फर्किइन् । ‘ जब मैले स्कुल युनिफर्म लगाए । त्यतिबेला मलाई जीवन फेरि फर्किएजस्तो लाग्यो । यस्तो लाग्यो कि यो नयाँ सुरुआत हो ।’– कलेज सुरु गर्दाको पहिलो दिनलाई उनले यसरी संझिन चाहिन् । यस प्रकरणपछि चाइबूका आमा बाबुले जर्बजस्ती विवाह गर्ने सोच परिवर्तन गरे । आमा भन्छिन्–‘ यो घटनापछि हाम्रो परिवारमा यस्तो सोच बदलियो । हामी यो प्रकरणबाट निकै डरायौँ । कुनै केटी ठूलो भइसकेपछि उसले आफैँ श्रीमान् रोज्न पाउनुपर्छ ।’

चाइबूले शरण लिएको सेल्टरकी अध्यक्ष मारियामा मुसा नाइजरमा घरेलु हिंसा ठूलो समस्या रहेको बताउँछिन् । जर्बजस्ती विवाह घरेलु हिंसाकै एक रुप रहेको उनको भनाई छ । ‘यो एउटा घरेलु हिंसाकै नमूना हो । यहाँ शारीरिक तथा मनोवैज्ञाकि हिां धेरै हुन्छ । श्रीमान्ले सहन नसकेपछि श्रीमतीमाथि मुक्का प्रहार गर्छ । गर्भवती अवस्थामा समेत धेरै महिला हिंसा सहन बाध्य छन् । कतिले घर छाडेर हिडेका छन् ।’ चाइबू अहिले आफू स्वतन्त्र महसूस गर्छिन् । परिवारको त्याग गर आफ्नो पढाईप्रतिको लगावका कारण यस्तो स्वतन्त्रता पाएको उनको ठम्याई छ । ‘मलाई थाहा छ अब मेरो परिवारको आशा मेरो काँधमा छ । सबैले मलाई गणना गर्छन् । सबैको आँखा ममाथि छ ।’–उनी भन्छिन् ।

चाइबु अहिले १९ वर्षकी भइन् । उनी अन्य किशोरीहरुलाई पनि आफ्नै उदाहरण पछ्याउन प्रेरित गर्छिन् । उनी जर्बजस्ती विवाहको विरोधमा अभियान सञ्चालन गरेर लागेकी छिन् । विभिन्न स्कुलहरु घुम्दै उनी यस विषयमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिन्छिन् । जर्बजस्ती भएका बालविवाहकै सम्बन्धमा उनले संयुक्त राष्ट्रसंघको सम्मेलनमा समेत भाषण दिइसकेकी छिन् । ‘ १५ वर्षअघि बालबालिकाको शरिर नै विकास भइसकेको हुदैँन । ३४ प्रतिशत टिनएजरहरुको नाइजरमा बालविवाहकै कारण मृत्यु हुन्छ । अझै, गर्भवती हुनेहरुको संख्या यसमा बढी छ ।’– युएनकी प्रतिनिधि क्लेस्का भन्छिन् ।

जर्बजस्ती विवाहलाई इन्कार गरेकी बालकिशा चाइबू अहिले डाक्टर बन्ने आफ्नो सपना पछ्याउँदै छिन् । उनी अहिले मेडिकल पढ्दैछिन् । ‘यो यो भन्दिन कि विवाह गलत हो । तर त्यसका लागि सही समय आउनुपर्छ ।’– एक विद्यालयमा भाषण गर्दै चाइबूले भनिन् । पढ्न सहज छैन् होला, तर तपाईले विवाहका लागि होइन पढाईका लागि जर्बजस्ती लड्नपर्छ । त्यसैले लड्न सुझाव दिन्छु किनकी पढाई मात्रै तपाईको आशाका केन्द्र हो ।’
बीबीसीबाट

 

Logo