५१ वर्षमा पनि ३० जस्तै देखिन्छिन् वेन (फोटो फिचर सहित)

५१ वर्षमा पनि ३० जस्तै देखिन्छिन् वेन (फोटो फिचर सहित)

केन्द्रबिन्दु
0
Shares

दूनियाँका आम महिला उमेर लुकाउन खप्पिस हुन्छन् । चीनको हेनान प्रान्तमा बस्ने ये वेन लाई भने यस्तो समस्या छैन । उनलाई देखेर कसैलाई पनि लाग्दैन कि उनको उमेर ५१ वर्षको भयो । तर वास्तविकता यही नै हो । उनी झट्ट हेर्दा २५–३० वर्षको जस्ती देखिन्छिन् । यतिमात्रै होइन उनी दुई बच्चाकी आमा समेत हुन् ।

उनी कसरी तरुरी नै रहिरहन सफल छिन् त ? यसकालागी उनको जीवन कथा छोटकरीमा बुझ्न जरुरी छ । ये वेनका अनुसार ३० वर्षको छदाँ उनले पौडी सूरु गरेकी थिइन् । यसपछि उनी निरन्तर जिम जान थालिन् । यस वर्ष उनले स्टे«ट अफ मलक्कालाई पौडेर पार गरिन् । उनको अबको लक्ष्य दक्षिण कोरियाको हान नदि पार गर्नु हो । उनी आफ्नो राम्रो अनुहारको कारण पौडी र जिम रहेको बताउँछिन् ।

उनी दैनिक घण्टौसम्म पौडिमा व्यस्त हुन्छिन् । त्यस्तै सातामा ३ दिन दुई घण्टासम्म जिम गर्छिन् । उनका अनुसार ३० वर्षको उमेरमा उनी स्लिम थिइन् र पौडी तथा जिमले उनको शरिरलाई उस्तै राख्न सफल भइन् । उनका तस्विरहरु अहिले पहिले भन्दा पनि राम्रो देखिन्छन् । वेनको लक्ष्य ८० वर्षको उमेरसम्म पौडने हो । र, त्यही उमेरसम्म तरुनी नै देखिइरहने पनि हो ।

 

Logo