केन्द्रबिन्दु डेस्क । काठमााडौं, ८ असार ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । "/>

दोस्रो चरण निर्वाचनमा १ वडाध्यक्षसहित ३८ निर्विरोध

दोस्रो चरण निर्वाचनमा १ वडाध्यक्षसहित ३८ निर्विरोध

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमााडौं, ८ असार ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा १२ र प्रदेश नं ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिएका छन् । उनीहरु १५ जिल्लाका छन् ।

निर्विरोध हुनेमा नेपाली काँग्रेस र नेकपा (एमाले)का १४–१४ तथा नेकपा (माओवादी केन्द्र) का १० जना छन् । निर्विरोध हुने वडाध्यक्षमा बझाङ काँडा गाउँपालिका वडा नं ५ का धनञ्जय बोहोरा छन् । निर्विरोध भएका ३७ सदस्यमध्ये २४ दलित महिला सदस्य रहेको विवरण प्राप्त भएको छ ।

यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा भई १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताको सहभागिता हुनेछ ।

दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन आयोगले उक्त निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् । आयोगले छ हजार ७१७ पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति प्रदान गरेको राससले जनाएको छ ।

Logo